PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हतारमा एकता गरेर फुर्सदमा पछुताउने पक्षमा छैन : प्रचण्ड



पहिलोपोस्ट

हतारमा एकता गरेर फुर्सदमा पछुताउने पक्षमा छैन  : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अपमानजनक तरिकाले एकता हुन नहुने बताएका छन्। काठमाडौंको सभा गृहमा ६९ औं पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता सम्मानजनक तरिकाले हुनुपर्ने बताए।

'हामीले सम्मानजनक तरिकाले पार्टी एकता गर्नुपर्छ। कसैलाई ह्युमिलेट वा अपमानजनक तरिकाले हुनुहुँदैन। समनता, सम्मानजनक र न्यायोचित तरिकाले बुद्धिमतापूर्वक पार्टी एकता गर्नुपर्छ,' उनले भने।

कार्यक्रममा अध्यक्ष प्रचण्डले अब वाम तालमेलमात्र भएर नहुने उल्लेख गर्दै कम्युनिष्ट एकता आवश्यक भएको बताए। भने, 'वाम तालमेलले मात्र हुँदैन। अरु कम्युनिष्टलाई पनि एकताका लागि आह्वान गर्नुपर्दछ। यही एतिहासिक दायित्व हो हाम्रो।'

पार्टी एकताका लागि एकता संयोजन समिति बनिसकेको र यो जनताको सम्पत्ति भएको प्रचण्डको भनाई थियो। उनले यो सम्पत्ति पार्टीका दुई अध्यक्षलाई दायाँबायाँ गर्ने छुट नभएकोसमेत दाबी गरे। पार्टी एकता ढिला हुँदैमा केही नहुने उल्लेख गर्दै प्रचण्डले हतारमा एकता गर्ने फुर्सदमा पछुताउने पक्षमा आफू नरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell