PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एसियन गेममा हाम्रो खेलाडीमात्र आधिकारिक : नेपाल तेक्वान्दो संघ



पहिलोपोस्ट

एसियन गेममा हाम्रो खेलाडीमात्र आधिकारिक : नेपाल तेक्वान्दो संघ

काठमाडौं: आगामी सेक्टेम्बरमा इन्डोनोसियामा हुने एसियन गेममा तेक्वान्दो संघका खेलाडीले मात्र प्रतिनिधित्व गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ। आज पत्रकार सम्मेलन गर्दै नेपाल तेक्वान्दो संघले आफ्नो धारणा सार्वजानिक गरेको हो।

एसियन गेममा अन्य संघबाट पनि खेलाडीले प्रतिनिधित्व गर्ने खबर आइरहेकाले खेलाडीको मनोवल गिरेको र नकारात्मक सन्देश गइरहेको संघका महासचिव दिपराज गुरुङले बताए। भने, 'सबैलाई हल्लाको पछि नलाग्न अनुरोध गर्छु। एसियन गेममा तेक्वान्दो संघका खेलाडीले नै प्रतिनिधित्व गर्छन्।'

युवराज लामा राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुँदा स्थापना भएको नेपाल तेक्वान्दो युनियनले एसियन गेमको लागि १२ जना खेलाडी छनोट गरिसकेको जनाएको छ। वर्तमान राखेप सदस्य सचिव केशरकुमार विष्टले पनि नेपाल तेक्वान्दो युनियनका खेलाडी सहभागी हुने अभिव्यति दिँदै आएका छन्। 

यस विषयमा राखेपले आधिकारिक रूपमा नबताएको संघका महासचिव गुरुङले बताए। भने, 'संघका केही प्रशिक्षकहरु पनि त्यहाँ गएको भन्ने सुनिएको छ। उहाँहरूलाई कारबाही हुन्छ। एसियन गेममा हाम्रा खेलाडी सहभागी हुन्छन्। छनोट भइसकेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell