PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल-अमेरिका चलचित्र महोत्सव समापनमा 'देश खोज्दै जाँदा'



पहिलोपोस्ट

नेपाल-अमेरिका चलचित्र महोत्सव समापनमा 'देश खोज्दै जाँदा'

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म 'देश खोज्दै जाँदा' प्रदर्शन हुने भएको छ। महोत्सव समापन समारोहमा फिल्म देखाइने बारे आयोजक पूर्ण सिंह बराइलीले जानकारी दिए।

आगामी मे महिनाको १८ तारिक शुक्रबार महोत्सव शुरु हुँदैछ। तीन दिन लामो महोत्सवको अन्तिम दिन देश खोज्दै जाँदा स्क्रिनिङसँगै अवार्ड वितरण समेत हुनेछ। नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा आयोजित महोत्सवमा फिल्महरु रेगल सिनेमा, ह्याट्सभिल मेरिल्याण्डमा प्रदर्शन हुनेछन्। महोत्सवको उद्घाटन र समापन भने एएफआइ सिल्भर थिएटरमा हुनेछ।

क्लोजिङ सिनेमा देश खोज्दै जाँदा  भुटानी शरणार्थीहरुको जीवन भोगाइलाई उतारिएको फिल्म हो। भुटानी शरणार्थीहरुको शिविर बसाई अवधि र स्वदेश फिर्ती आन्दोलन तथा तेस्रो देश पुनर्वासको विषयलाई कथाको केन्द्रमा राखिएको छ। फिल्ममा बाबु बोगटी, अरुणा कार्की, हेमन्त बुढाथोकी, मिना कोइराला, तिब्बत राई, ओवेत साम्पाङ राई, सरीता ओली, शिवशंकर थापालगायतको अभिनय रहेको छ भने उपेन्द्र सुब्बाको पटकथा, संजय लामाको छायाङ्कन, मनोरञ्जन श्रेष्ठको सम्पादन रहेको छ। त्यसैगरी श्रवण मुकारुङको गीत आभासको संगीत र स्वरुपराज आचार्यको गायन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell