PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय’



पहिलोपोस्ट

‘भारतमा बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय’

नयाँ दिल्लीः भारत सरकारले बालिकामाथि बलात्कार गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने कानुनलाई शनिबार अनुमोदन गरेको छ।

हालै भारतको जम्मु काश्मिरमा एक आठ बर्षीया बालिकामाथि भएको बलात्कारको घटना र भारतमा दैनिक करिब ५० जनाको दरमा बलात्कारका घटना हुन थालेपछि सरकारले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन अनुमोदन गरेको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीले कमनवेल्थ शिखर सम्मेलनबाट फर्केलगत्तै शनिबार उक्त कानुनबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका थि। उक्त बैठकबाट बलात्कारीलाई मृत्युदण्ड दिने कानुन अनुमोदन गरिएको हो।

जम्मु काश्मिरमा एक बालिकामाथि भएको उक्त घटनाको देशभर विरोध प्रदर्शन भएपछि प्रधानमन्त्री मोदीले उक्त कानुनी प्रावधान अघि सारेका हुन्। मन्त्रिपरिषद्को उक्त निर्णयलाई सरकारले विचार विमर्शका लागि भारतीय राष्ट्रपतिसमक्ष पेश गर्ने बताइएको छ।

पछिल्लो निर्णयले किशोरीमाथि हुने बलात्कारको सजायलाई पनि थप कडा पारेको बताइएको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell