PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

आइपीएल : डे भिलिएर्सको ९० रनमा बैंगलोरको जित, दिल्लीको चौथो हार



पहिलोपोस्ट

आइपीएल : डे भिलिएर्सको ९० रनमा बैंगलोरको जित, दिल्लीको चौथो हार

एबी डे भिलिएर्सको नटआउट ९० रन मद्दतमा रोएल च्यालेन्जर्स बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गर्दै आइपीएलमा दोस्रो जित हात पारेको छ। जारी सिजन ५ खेल खेलिसक्दा दिल्लीको भने यो चौथो हार हो।

दोस्रो जितपछि बैंगलोर अंकतालिकामा पाँचौ स्थानमा छ भने २ अंक मात्र रहेको दिल्ली पुछारमा छ।

श्रेयास अयेर र रिस पन्तको अर्धशतकलाई छायाँमा पार्दै डे भिलिएर्सले ९० रन बनाएपछि बैंगलोरले १२ बल बाँकी छदै १७५ रनको लक्ष्य ४ विकेट गुमाएर पुरा गर्‍यो।

डे भिलिएर्सले आक्रमक ब्याटिङ गर्दै ३९ बलमा ९० रन बनाए। उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै कप्तान विराट कोहलीले ३० तथा क्वेन्टन डे ककले १८ रन योगदान गरे।

त्यसअघि एम चिन्नास्वामी स्टेडियमा बैंगलुरुमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। दिल्लीका लागि रिसव पन्तले सर्वाधिक ८५ तथा अयेरले ५२ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए।

रिसव पन्तले ४८ बल खेल्द ६ चौका र ७ छक्काको मद्दतमा ८५ रन बनाएका हुन्। यस्तै अयेरले ३१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे।

बलिङमा बैंगलोरका युजभेन्द्र चहाले २ विकेट लिए।

 

पञ्जाव शीर्ष स्थानमा

यस्तै वर्षाले प्रभावित खेलमा किंग्स ११ पञ्जावले कोलकता नाइट राइडर्सलाई डीएल मेथडमा ९ विकेटले पराजित गरेको छ।

५ खेलमा चौथो जित हात पारेको पञ्जाव ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ।  समान ६ अंक रहेका चेन्नाई, कोलकता र हैदरावाद क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छन्।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा १९१ रन बनाएको थियो। कोलकताका लागि क्रिस लिनले सर्वाधिक ७१ तथा कप्तान दिनेश कार्तिकले ४३ रन बनाए।

वर्षाले प्रभावित खेलमा पञ्जावले १३ ओभरमा १२५ रनको नयाँ लक्ष्य पाएको थियो। क्रिस गेल र लोकेश राहुले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले ११.१ ओभरमा मात्र १ विकेटमात्र गुमाएर १२६ रन बनाउँदै खेल जित्यो। गेलले नटआउट ६२ रन बनाए भने राहुलले ६० रन जोडे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell