PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बार्सिलोनालाई कोपा डेल रे को उपाधि



पहिलोपोस्ट

बार्सिलोनालाई कोपा डेल रे को उपाधि

बार्सिलोनाले स्पानिस कोपा डेल रे को उपाधि जितेको छ। गएराती भएको फाइनलमा सेभियालाई ५-० ले पराजित गर्दै बार्सिलोनाले ३०औँ पटक कोपा डेल रे उपाधि जितेको छ।

स्टाडिओ वान्ड्रा मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस सुवारेजले २ तथा लियोनल मेसी, आन्द्रेज इनेस्टा र फिलिप काउटिन्होले १-१ गोल गरे।

गत सिजन मे मा बार्सिलोनाको प्रशिक्षक बनेको एरनेस्ट भलभेर्डको लागि यो पहिलो उपाधि हो।

रोमासँग अवे गोलमा पछि पर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको बार्सा ला लिगाको शीर्ष स्थानमा छ र उपाधि बाट ३ अंक टाढा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell