काठमाडौं: गायक भरत सिटौलाले नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रबार 'द फोटो सङ्ग' टाइटल दिइएको गीत आफ्नै युट्युब च्यानलमार्फत रिलिज गरेका हुन्।
गीतमा भरत स्वयंमको शब्द, संगीत र स्वर रहेको छ। लिरिकल म्युजिक भिडियोलाई गायक मोहित मुनालले एरेन्ज गरेका हुन्। गीतमा र्याप अराजले दिएका हुन्।
गीतले सामाजिक सञ्जालमा प्रयोग फोटो र यथार्थको फरकलाई व्यङ्ग्य गरेको छ।