PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'लम्फू'को तेश्रो गीत 'सुको नहोस् यार' रिलीज



पहिलोपोस्ट

'लम्फू'को तेश्रो गीत 'सुको नहोस् यार' रिलीज

काठमाडौं: फिल्म ‘लम्फू’को डान्सिङ्ग नम्बर रिलीज भएको छ। 'सुको नहोस् यार' बोलको गीत युट्युबमार्फत रिलिज भएको हो। सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत तथा शिव परियारको स्वर रहेको छ। गीतमा शब्द प्रमोद ढुंगानाले दिएका छन्।

भिडियोलाई शिव बिकले कोरियोग्राफ गरेका हुन्। गीतमा नायकद्वय कबिर खड्का र सलोन बस्नेत फिचर्ड छन्। गीतको कभर भिडियो प्रतियोगीता पनि घोषणा गरिएको थियो। गीतको कभर भिडियो बनाई हाईलाइट्स नेपालमा पठाउन सकिनेछ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), आयन खड्का, ओम गुरुङ, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ। भूपतिको कथा रहेको ‘लम्फू’लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन्।

दिपक बज्राचार्यको छायांकन रहेको यस चलचित्रका सम्पादक हरि सिलवाल हुन्। पुनम गौतमले चलचित्रमा कस्ट्युम डिजाईन गरेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell