PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'मिस स्कुबा नेपाल २०१८' का लागि आवेदन खुला



पहिलोपोस्ट

'मिस स्कुबा नेपाल २०१८' का लागि आवेदन खुला

काठमाडौँ: मिस स्कुबा नेपाल २०१८ आयोजना हुने भएको छ। पहिलोपटक हुने सौन्दर्य प्रतियोगिताको लागि आवेदन खुला गरेको जानकारी आयोजक सङ्स नेपालले दियो।

मिस स्कुबा मलेसियामा नेपालको प्रतिनिधित्व गराउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताइयो। प्रबन्ध निर्देशक डेभिल सिंह राजपुतले अन्तराष्ट्रिय स्तरमा नेपाली सुन्दरीको प्रतिनिधित्व गराउनु सकारात्मक प्रयास भएको बताए। भने,'यो व्यक्तित्व बिकास र बौद्धिकवृद्धीको लागि आवश्यक कदम हो जस्तो लाग्छ।'

प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४' ७" प्रतियोगीहरु हुनु पर्नेछ l छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा सञ्चारदक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन्।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

अनलाइन रजिस्ट्रेसन फर्मको लागि यहाँ क्लिक गर्नुस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell