PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चाइना रेलवे ब्युरो ग्रुपका सिइओले भेटे प्रधान सेनापति



चाइना रेलवे ब्युरो ग्रुपका सिइओले भेटे प्रधान सेनापति

काठमाडौँ : चाइना रेल्वे ब्युरो ग्रुपका सिइओ सङ रोङ जुनले प्रधान सेनापति राजेन्द्र क्षेत्रीसित बिहीबार सैनिक मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेको छ। 

भेटवार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारे सेनाले स्पष्ट नपारे पनि 'समसामयिक विषयहरुमा छलफल भएको' जनाएको छ। 

चाइना रेल्वेको विभिन्न नम्बरका ब्युरो ग्रुप कम्पनीहरु छन्। जसमध्ये १८ ब्युरो ग्रुपले चीन र विदेशमा इन्जिनिरिङ कन्स्ट्रक्सनहरुको जनरल कन्ट्रयाक्टरको काम गर्छ। यो कम्पनीले रेल, सुरुङ, पुल आदि बनाउने गर्छ। यसको प्रोजेक्ट अफ्रिका, दक्षिण एसिया, मध्यपूर्वमा समेत छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell