PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'नेपाली म्युजिक भिडियो अवार्ड'को तेस्रो संस्करण मलेसियामा



पहिलोपोस्ट

'नेपाली म्युजिक भिडियो अवार्ड'को तेस्रो संस्करण मलेसियामा

काठमाडौं: 'नेपाली म्युजिक भिडियो अवार्ड २०१८'को लागि आवेदन आह्वान गरिएको छ। संज्ञिक्षा फिल्मस् र एसकेएस ब्राइट भेन्चरको संयुक्त आयोजनामा कार्यक्रमको दोस्रो संस्करण आयोजना हुन लागेको हो। योपटक कार्यक्रम मलेसियामा हुँदैछ। अवार्ड कार्यक्रममा दुई अङ्क युएइमा भएका थिए।

आउँदो जुन १६, १७ र १८ तारिखमा हुने समारोहमा ३२ विधामा अवार्ड वितरण गरिने आयोजक मनोज केसीले जानकारी दिए। अवार्डको यो संस्करण केही भिन्न हुने बताउँदै मनोजले सुनाए,'यो कार्यक्रम कलाकारको सम्मान मात्र होइन विदेशमा नेपाली संगीत बजार बिस्तार गर्ने माध्यम पनि हो। यसरी तेस्रोपटक कार्यक्रम घोषणा गर्न पाउँदा खुशी छु।'

आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीतका भिडियोहरुमध्यबाट उत्कष्ट म्युजिक भिडियो, निर्देशक, छायांकार, सम्पादक, मोडल पुरुष, मोडल महिला तथा नृत्य निर्देशक छानिने छन्।

कार्यक्रममा लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा योगदान पुर्‍याउँदै आएको कोही एकलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell