PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

क्यानको विशेष साधारण सभा सुरु, नेपाली क्रिकेटले पाउला निकास?



पहिलोपोस्ट

क्यानको विशेष साधारण सभा सुरु, नेपाली क्रिकेटले पाउला निकास?

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा आजबाट सुरु भएको छ।

काठमाडौंमा दुई दिन चल्ने क्यानको साधारण सभामा आइसीसीको प्रतिनिधि अमर शेख पनि उपस्थित छन्। यस्तै विशेष साधारण सभामा क्यानका ३७ जिल्लाका जिल्ला प्रतिनिधिहरु उपस्थित छन्।

निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एकपटक क्यानमा राजनीति हुँदा नेपालले कुन परिस्थिति भोग्नुपर्‍यो अब त्यस्तो अवस्था दोहोरिन नदिन क्रिकेटमा राजनीति हुन नहुने भन्दै यस पटकको साधारण सभाले नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गरे।

'क्रिकेटमा राजनीतिज्ञको आँखा नलागोस्। नेपाली क्रिकेटलाई चाँडो निकास दिन हामी सबै कम्प्रोमाइज गर्न तयार छौँ। निर्वाचित कमिटी अब क्रिकेटको विकासमा बाधक बन्दैन,' चन्दले साधारण सभाको उद्घाटन सत्रलाई समापन गर्दै भने।

यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले क्यानको साधारण सभाले नेपाली क्रिकेट आकाशमा देखिएको अँध्यारो चिर्ने र यसले क्रिकेटको भविष्य सुन्दर बनाउने बताए।

विगतमा के कस्ता गल्ती कमजोर भए भन्ने विषयलाई छाडी कसैमाथि आग्रह पूर्वाग्रह नराखी नकारात्मक कुरालाई छाडेर सबैजना जिम्मेवार भई अगाडि बढ्नुपर्ने विश्वकर्माको भनाई थियो।

यसअघिको साधारण सभामा सल्लाहकार समितिले बनाएको विधानलाई निर्वाचित कमिटीले केही बुँदामा संसोधन गरेर पारित गरेको थियो। जुन आइसीसीलाई मान्य भएन। यो पटक क्यानका पधाधिकारीलाई यथावत विधान पारित गरेर नेपाली क्रिकेटलाई निकास दिन दबाब छ। विशेष साधारण सभा भोलीसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell