PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजपाले प्रम ओलीलाई डाकेर भोलि स्थापना दिवस मनाउँदै, संयोजक ठाकुर भने नहुने



राजपाले प्रम ओलीलाई डाकेर भोलि स्थापना दिवस मनाउँदै, संयोजक ठाकुर भने नहुने

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले भोलि (शुक्रबार) दोस्रो स्थापना दिवस मनाउँदैछ। गत वर्ष बैशाख ७ गते मधेशी मोर्चामा आवद्ध ६ वटा पार्टी मिलेर राजपा गठनको घोषणा गरिएको थियो।

एक वर्षभित्र अधिवेशन गर्ने भने पनि राजपाले अधिवेशन गर्न सकेको छैन। स्थापनाकै दिन बनाइएको अध्यक्ष मण्डलले नै पार्टीको नेतृत्व गर्दैछ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर उपचारका क्रममा दिल्लीमा छन्। ठाकुरलाई मंगलबार आइसीयूबाट क्याविनमा सारिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको ठाकुरसँगै दिल्ली पुगेकी सांसद चन्दा चौधरीले पहिलोपोस्टलाई बताइन्।

चौधरीका अनुसार ठाकुर स्वस्थ हुन केही दिन लाग्नेछ।

यता राजपाका महासचिव केशव झाले पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी हुने बताए। स्थापना दिवसको अवसरमा स्वागत तथा सांस्कृतिक कार्यक्रम समेत राखिएको उनले जनकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell