PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितवन पुगेर प्रचण्डले भने- चुनाव चिन्ह, जनयुद्ध र फिप्टी फिप्टीमा कुरा मिल्न बाँकी छ



पहिलोपोस्ट

चितवन पुगेर प्रचण्डले भने- चुनाव चिन्ह, जनयुद्ध र फिप्टी फिप्टीमा कुरा मिल्न बाँकी छ
Photo: प्रचण्डको सचिवालय

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले चुनाव चिन्ह, जनयुद्ध र एकताको मोडालिटी नमिलेका कारण वैशाख ९ गते पार्टी एकता हुन नसक्ने स्पष्ट पारेका छन्। 

बुधवार सरकारले सार्वजनिक गरेको साक्षरता अभियान अन्तर्गत चितवनका दुर्इ बालबालिकालार्इ विद्यालय भर्ना गराउन गृहजिल्ला चितवन पुगेका प्रचण्डले त्यहाँ विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्बोधन गर्ने र पार्टीका विभिन्न समितिहरू कुन आधारमा बनाउने भन्ने विषय नटुंगिएको बताए। 

नयाँ बन्ने पार्टीको चुनाव चिन्ह के राख्ने भन्ने विषय समेत टुंगिन बाँकी रहेको बताए। मंगलबार मात्र एकता संयोजन समितिको बैठकपछि एमाले महासचिव र्इश्वर पोखरेलले निर्वाचन चिन्हमा सहमति जुटेको प्रतिक्रिया दिएका थिए। तर प्रचण्डले चुनाव चिन्हमा समेत सहमति नजुटेको स्पष्ट पारेका हुन्। 

'पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्रीजी र मेरो भोलि नै गम्भीर छलफल हुन्छ,' उनले भने, 'कोसिस गर्दै छौँ, आज हामी सबै देशभरि पुगेका छौँ, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ। त्यसपछि मिति ‘फिक्स’ हुन्छ ।’ उनले पार्टी एकता वैशाख भित्रै टुंगिने समेत दाबी गरे। 

'गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदल बुझाएको प्रतिवेदन माथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएकाले ९ गते नै सबै टुंगिदैन की भन्ने हाम्रो ठम्याइ हो,' प्रचण्डले भने।

मंगलबार बसेको एकता संयोजन समितिको बैठकले विवादित विषयलाई टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षहरूलाई दिएको छ।

 बुधवारको बैठक पछि संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव पोखरेलले समितिको बैठकमा चुनाव चिन्ह, जनयुद्ध र फिप्टी फिप्टीको विषयमा कुरा नउठेको दाबी गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell