PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मंगोलियन हर्टको रजत जयन्तीमा च्यारिटी कन्सर्ट



पहिलोपोस्ट

मंगोलियन हर्टको रजत जयन्तीमा च्यारिटी कन्सर्ट

काठमाडौं: नेपाली सांगीतिक ब्यान्ड ‘मंगोलियन हर्ट’ले आउँदो शनिबार आफ्नो रजत जयन्ती मनाउने भएको छ। जसका लागि समूहले च्यारिटी कन्सर्ट आयोजना गरेको छ। आउँदो शनिबार काठमाडौंको टुसालस्थित ह्यात रिजेन्सीको ग्राउण्डमा कन्सर्ट गर्ने भएको हो।

मंगलबार कार्यक्रम आयोजना गरी सांगीतिक प्रस्तुति दिने बारे जानकारी दिइएको हो। ‘मंगोलियन हर्ट सांगीतिक उत्सव’ नाम दिइएको कार्यक्रममा ब्यान्ड बाहेकका गायक, गायिकाहरुको प्रस्तुति तथा सहभागिता रहने बताइएको छ।  

‘मंगोलियन हर्ट’का गायक राजु लामाले २५ वर्ष लामो यात्रामा माया तथा साथ दिने दर्शक श्रोतालाई धन्यवाद स्वरुप खुला कन्सर्ट आयोजना गर्न लागेको बताए। भने,'थुप्रै सांगीतिक ब्यान्ड उदाएको समयमा हामीले जुन माया पायौं त्यसैले रजत जयन्ती मनाउने अवसर दियो। हाम्रो टिमको संगीत प्रतिको लगाव र मिहेनतमा हौसला थप्ने काम गर्‍यो।'

ब्यान्डले ‘उभो उभो खासा म जाँदा’, ‘नतानुँ त तानुँ तानुँ लाग्ने’, ‘बादल पारिको देशबाट’, ‘तिमीलाई देखेर’, ‘मेरो नेपाल’, ‘सायद तिम्रो बाटोमा’, ‘भाईटिका’, ‘गाजलु आँखा’, ‘पर्खाइमा भिझ्यो सिरानी’, ‘हल्ला चलेछ’लगायत गीत गाउनेछन्।

मंगोलियन हर्टले २०७५ सालमा सामाजिक कार्यका लागि देशका विभिन्न स्थानमा दर्जनभन्दा बढी कन्सर्ट गर्ने योजना समेत रहेको बताए।

शनिबार हुने कार्यक्रमको टिकट मूल्य २५ रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell