PahiloPost

Dec 10, 2018 | २४ मंसिर २०७५


अमेरिकी नागरिक उल्फ प्राइसको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चले गर्‍यो खारेज


अमेरिकी नागरिक उल्फ प्राइसको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चले गर्‍यो खारेज
अर्चना पनेरुले प्राइससित बिहे गरेको भन्दै फेसबुकमा अपलोड गरेको फोटो। पछि उनले आफूले बिहे नगरेको बताएकी थिइन्।

काठमाडौं : किशोरावस्थामा नै 'पोर्न स्टार' बन्ने भन्दै चर्चामा रहेकी मोडल/कलाकार अर्चना पनेरुकी पति भनिएका अमेरिकी नागरिक उल्फ प्राइसको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडाको संयुक्त इजलासले आज रिट खारेजको आदेश दिएको हो। 

प्राइसको तर्फबाट अधिवक्ता टीकाराम घिमिरेले महानगरीय प्रहरी परिसर टेकु काठमाडौका प्रमुख अधिकृतसमेतलाई प्रतिवादी बनाई सर्वोच्च अदालतमा चैत २८ गते रिट दायर गरेका थिए। त्यसको भोलिपल्ट शारदाप्रसाद घिमिरेको इजलासले कारण देखाऊ र बन्दीसहित उपस्थित हुन आदेश दिएको थियो। 

सोही अनुसार आज प्रहरीले प्राइसलाई सर्वोच्च अदालतमा उपस्थित गराएको थियो र उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नु परेको प्रष्टिकरण दिएको थियो। 

रिट खारेजसँगै १५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। 
डिएसपी थापाले भने, 'अदालतले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिसकेको छ। हामी थप अनुसन्धान गरिरहेका छौं। काठमाडौं जिल्ला अदालतबाट लागू औषध मुद्दा चलाएका छौँ।' 

प्राइस बस्ने घरबाट प्रहरीले चैत २१ गते २ सय ग्राम गाँजासहित उनलाई पक्राउ गरेको थियो, जहाँ थुप्रै प्रयोग भएका र नभएका कन्डमसमेत भेटिएका थिए।

अहिले उनी महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। प्राइस ५ वर्षदेखि नेपालमा बस्दै आएको खुलेको छ। भिसा म्याद थप गर्दै सन् २०१३ देखि उनी नेपालमा छन्। उनले काठमाडौंको बलम्बुमा घर नै लिएर यौन धन्दा गरेको बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्राइसले भाडाको घरमा युवतीहरु ल्याइरहने, घरसँगै उनले होटेलसमेत संचालन गरेको अनुसन्धानमा खुलेको छ। काठमाडौंमा मात्र होइन चितवनमा समेत उनको होटेल रहेको प्रहरी स्रोतले जानकारी दियो। 

प्राइस अमेरिकन नागरिक भए पनि उनका बाबु भने रसियन हुन्। रसियन नागरिकता खारेज गरेपछि उनी अमेरिका पुगेका थिए। प्राइसकी आमा अमेरिकाको एक टेलिभिजनमा कार्यरत छिन्।

उनी पक्राउ परेपछि उनका साथीहरुल  क्राउड फन्डिङ वेबसाइट गोफन्ड मी मा उनलाई छुटाउन गत अप्रिल ११ मा १ हजार डलर सहयोग माग्दै क्याम्पेन सुरु गरेका थिए। पाँच दिनमा लक्ष्यभन्दा सात सय डलर बढी चन्दा उठिसकेको छ। 
 



अमेरिकी नागरिक उल्फ प्राइसको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चले गर्‍यो खारेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट