PahiloPost

Sep 26, 2018 | १० असोज २०७५

प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र


पहिलोपोस्ट

प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र
फाइल फोटो

काठमाडौं: निश्चित क्षेत्रमा मात्र विरोध तथा प्रदर्शनको कार्यक्रम गर्न पाइने जिल्ला प्रशासन कार्यालयले तोकेपछि नेपाल विद्यार्थी संघले विरोध गरेको छ। 

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। 'यो त शाहीकालको भन्दा कडा निर्णय भयो। निश्चित स्थानमा प्रदर्शन गर्ने कुरा हामि मान्दैनौं।' नेविसंघका केन्द्रिय सदस्य शुशिल भट्टले भने। गत आइतवार  सुचना जारी गर्दै काठमाडौंका सात स्थान विरोध तथा प्रदर्शनको लागि तोकेको छ। 

खुल्लामञ्च, तीनकुने, भूइँखेल चौर पाउँ, भगवान पाउ, पेप्सीकोला खेलकुद मैदान, सानो गौचरन मैदान, लैनचौर अगाडिको खुल्ला मैदान र सिफल चौरमा आन्दोलन गर्न तोकिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

गृहमन्त्रालयबाट जारी गृह सुधार कार्ययोजना अनुसार प्रर्दशनका लागि स्थान तोकिएको प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ। हाल काठमाडौंको माइतीघर मण्डलामा सबैभन्दा धेरै विरोधका कार्यक्रम हुने गरेको छ। यो नियम वैशाख १६ बाट लागू हुनेछ।



प्रदर्शन क्षेत्र तोकेकोमा नेवसंघको विरोध: काठमाडौं प्रमुखलाई ज्ञापनपत्र को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट