PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राति १२ बजेपछि पेट्रोल लिटरमा एक र डिजेल दुई रुपैयाँ महँगो



रासस

राति १२ बजेपछि पेट्रोल लिटरमा एक र डिजेल दुई रुपैयाँ महँगो

काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। 

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रति लिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ। 

समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ। 

स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करिब रु २१ करोड हुने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell