PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

आइपीएलको छायाँमा बलिउड, किन डराउँछन् ठूला बजेटका फिल्म



पहिलोपोस्ट

आइपीएलको छायाँमा बलिउड, किन डराउँछन् ठूला बजेटका फिल्म

यही अप्रिल ७ देखि भारतमा ११औँ संस्करणको इन्डियन प्रिमियर लिग आइपीएल सुरु भएको छ।

ग्लामर, पैसा र स्टार खेलाडीले भरिएको आइपीएल विश्वकै चर्चित क्रिकेट प्रतियोगिता समेत हो। सारा विश्वमा ध्यान तान्ने आइपीएलले भारतीय सिने बजार बलिउडलाई समेत प्रभावित पारेको छ।

बलिउडका केही सेलेब्रेटीहरु समेत आइपीएलमा सहभागी टिमसँग जोडिएका छन् भने कतिपय खेलाडी र बलिउडकर्मीबीच सम्बन्ध समेत स्थापित भइसकेको छ।

भारतमा आइपीएल क्रिकेट हुँदा त्यसको असर बलिउडमा देखिनु स्वभाविक पनि बनेको छ। आइपीएल हुने डेढ महिनाको समयमा भारतमा ठूला स्टार र धेरै बजेटको फिल्म रिलिज सूचीमा छैनन्।

क्रिकेटको सिजन भएका कारण पनि ठूला स्टार फिल्म रिलिज गर्न पछि हटेका हुन्। गत सिजनहरुमा भने आइपीएलकै समयमा पनि लो बजेटका फिल्महरुले राम्रो चर्चा पाएका थिए।

आइपीएल मात्र नभई विषयबस्तुका कारणले पनि क्रिकेट सिजनमा फिल्म नचल्ने डेक्कन क्रोनिकलले जनाएको छ।

यस वर्ष आइपीएल हुँदै गर्दा सिनेमा हलहरुमा भने वरुण धवन, आलिया भट्ट र बिग बी अमिताऐ बच्चनका फिल्महरु रिलिज हुँदैछन्।

धवनले अभिनय गरेको अक्टोबर, आलियाको अभिनय रहेको राज्जी र अमिताभ तथा ऋषी कपुरको मुख्य भूमिका रहेको १०२ नटआउट यसै समयमा रिलिज हुँदैछन्।

'यस समयमा फिल्म रिलिज गर्न राम्रो निर्णय होइन। यो समयमा समर होलिडेज र ट्राभलिङको समेत हो। यस समयमा धेरै समस्याहरु छन् र बेलुका तथा रातीको शो प्रभावित हुन्छ। त्यसैले गर्दा धेरै रेस्टुराँहरुले पनि ठूलो टिभी स्क्रिनमा आइपीएल देखाउँछन् जसले गर्दा उनीहरुले धेरै घाटा बेहेर्नुपर्दैन,' कम्प्लिट सिनेमाका एडिटर अतुल मोहनको भनाई।

आइपीएलकै समयमा लो बजेटका फिल्महरु दास देव, बियोन्ड द क्लाउड्स, ओमेर्टा, नानी कि जानु र मर्करी जस्ता अफबिटमा फिल्म रिलिज हुँदैछन्।

तर आइपीएलको अन्तिम समयतिर भने कुनै फिल्मको रिलिज मिति तय गरिएको छैन। मे को पहिलो साता आलियाको राज्जी र गोविन्दाको फ्राईडे रिलिज हुँदैछ।

'ठूला बजेटका फिल्म एकदमै कम मात्रामा आइपीएलको समयमा रिलिज हुन्छ। आइपीएलको सुरु र अन्तित समयमा फिल्मका लागि एकदमै टफ समय हो, किनकि सुरुका केही म्याचहरुमा क्रेज बढी हुन्छ र फाइनलतिर पनि कायमै रहन्छ।  अक्टोबर र राज्जी जस्ता फिल्महरु आइपीएलको समसयमा रिलिज हुनुको कारण भने पछि यसको लागि स्वीटेबल डेट नहुनु र ठूला कजेटका फिल्मसँग जुड्ढाउँदा कुनै अर्थ नहुनुले समेत हो,' फिल्म डिस्ट्रिबुटर विनय चोवक्सीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell