PahiloPost

Apr 20, 2018 | ७ बैशाख २०७५

यी हुन् काठमाडौंमा विरोध र प्रदर्शन गर्न पाइने ठाउँ


पहिलोपोस्ट /पहिलोपोस्ट

यी हुन् काठमाडौंमा विरोध र प्रदर्शन गर्न पाइने ठाउँ
फाइल फोटो
काठमाडौं : राजधानीको शान्ति सुरक्षा, यातायात व्यवस्थापन र अन्य पक्षलाई ध्यानमा राख्दै निश्चित क्षेत्रमा विरोध तथा प्रदर्शनको कार्यक्रम गर्ने व्यवस्था गरेको छ। यसअघि निषेधित क्षेत्रमात्र तोकिँदै आएको थियो, विरोध गर्ने ठाउँ तोकिएको थिएन। 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतवार सुचना जारी गर्दै काठमाडौंका सात स्थान विरोध तथा प्रर्दशनको लागि तोकेको छ। खुल्लामञ्च, तीनकुने, भूइँखेल चौर पाउँ भगवान पाउ, पेप्सीकोला खेलकुद मैदान, सानो गौचरन मैदान, लैनचौर अगाडिको खुल्ला मैदान र सिफल चौरमा आन्दोलन गर्न तोकिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

गृहमन्त्रालयबाट जारी गृह सुधार कार्ययोजना अनुसार प्रर्दशनका लागि स्थान तोकिएको प्रशासनले जारी गरेको सुचनामा जनाइएको छ। हाल काठमाडौंको माइतीघर मण्डलामा सबैभन्दा धेरै विरोधका कार्यक्रम हुने गरेको छ। यो नियम वैसाख १६ गतेबाट लागू हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट