PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मिडियामा तस्करको लगानी : मात्रिका यादव



पहिलोपोस्ट

मिडियामा तस्करको लगानी : मात्रिका यादव
फाइल फोटो

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मिडियामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी रहेको आरोप लगाएका छन्।

पत्रकारले 'न्युज'मा 'भ्युज' घुसाउने गरेको उनले बताए। 'पत्रकारितामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी छ,' उनले भने, 'ती मिडिया ठीक छैनन्।' मन्त्री यादवले त्यस्ता मिडिया अब सतर्क हुनुपर्ने बताए। उनले मिडियामाथि पनि अनुगमन गर्ने बताए। 'अनुगमन त्यसतर्फ पनि जान सक्छ,' उनले भने, 'म देश चलाइरहेको छु, मन्त्री हटाउन सक्छु भनेर कसैले नसोचे हुन्छ।'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले शिक्षा र स्वास्थ क्षेत्रमा अनुगमन कडाइ गर्ने बताएका छन्। उनले अहिलेसम्म भएको अनुगमनका क्रममा प्राप्त विवरण सम्बन्धित मन्त्रालयलाई दिँदै कडाइ गर्दै लैजाने बताए। 

अनुगमनका नाममा धेरै हल्ला भएकाले 'अब हल्ला गरेर नभइ वास्तविक काम अघि बढाउने' बताए। कसैसँग रिस उठेको भरमा चोर फटाहा भन्न नहुने उनले बताए।

'यसअघिको तरिका प्रभावकारी भएन, बाजा बजाएर अनुगमन गरेर हुँदैन,' उनले भने, 'हाम्रो नजरमा दोषी भएपछि त्यस्तालाई मिडियामा सार्वजनिक गर्छु।'

बजार अनुगमन गरेपनि ल्याब परीक्षण गर्न गाह्रो भएको भन्दै ल्याब स्थापनाका लागि पहल गरिने पनि बताए।

उनले सानातिना भन्दा पनि ठूला व्यवसायीमाथि अनुगमन बढाइने जानकारी दिए। मन्त्रालयमा पत्रकारसँग उनले एउटाले ताला लगाउने र अर्कोले खोल्ने प्रवृत्ति अन्त्य गर्ने बताए।

अनुगमनका क्रममा कानुनी जटिलता देखिकाले सरकारी वकिललाई सहायताका लागि पत्राचार गरिने पनि बताए।

उनले अहिले पनि अनुगमन नरोकिएको दावी गरे। अनुगमनका विषयमा कर्मचारीले नेताभन्दा धेरै बोल्न थालेको भन्दै आक्रोश पोखे। 

कतिपय कर्मचारीले भनेको भन्दा उल्टो काम गरिरहेको उनले बताए। `अहिले पाल्म आयल कति आइरहेको छ?, उद्योगले मात्रै खपत हुन्छ कि हामी खाइरहेका छौँ?,´ उनको प्रश्न थियो।

उनले अनुगमनका विषयमा कसैलाई विभेद नगरिने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell