PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रसिया, इरान र सिरियाका मिडियाको एकै स्वर : अधिकांश अमेरिकी मिसाइल निस्तेज, कडा निन्दा



पहिलोपोस्ट

रसिया, इरान र सिरियाका मिडियाको एकै स्वर : अधिकांश अमेरिकी मिसाइल निस्तेज, कडा निन्दा

रसिया, इरान र सिरियाका सरकारी सञ्चार माध्यमहरुले अमेरिकी नेतृत्वमा सिरियामा भएको हवाई हमलाको कडा निन्दा गरेका छन्। 
सिरियाली राष्ट्रपति बसर अल असादले आणविक हतियारबाट आक्रमणको तयारी गरेको आक्षेप लगाउँदै अमेरिका, फ्रान्स र बेलायती सेनाले सिरियामा हवाई आक्रमण गरेका हुन्।   

रसिया टुडे 

रसियाको सरकारी अंग्रेजी भाषाको अखबार रसिया टुडेले राष्ट्रपति भ्लादमिर पुटिनको टिप्पणी प्रकाशित गर्दै हमलाको आलोचना गरेको छ। पत्रिकाले आक्रमणका कारण शरणार्थीहरु पूरै क्षेत्रमा फैलिएको उल्लेख छ। 'शरण लिनेहरुको छाल' उछालिएको समाचारमा उल्लेख छ।
  
रसियाकै स्पुतनिकले हवाई हमलालाई सिरियाको सैनिकले निस्तेज पारेको समाचार दिएको छ। रसियाका सैनिक अधिकारीलाई उदृत गर्दै दिइएको समाचारमा सिरियाको एयर डिफेन्स सिस्टमले अमेरिकाले गरेको मिसाइललाई निस्तेज गरेको उल्लेख छ। रसियन रक्षा अधिकारीहरुले भनेअनुसार प्रहार भएका १ सय ३ मिसाइल मध्ये ७१ वटालाई सिरियन एन्टी मिसाइल एस - १२५ र एस – २९९ ले निस्तेज पारे।

प्रेस टिभी (इरान)

इरानको अंग्रेजी मिडिया हाउस प्रेस टिभीले त्यहाँका सर्वोच्च नेता अयोतुल्लाह अली खामिनलाई उदृत गर्दै सिरियामाथि भएको हमलालाई 'अपराध' भएको जनाएको छ। रसियन अधिकारीलाई नै उदृत गर्दै प्रेस टिभीले अमेरिकाले प्रहार गरेका अधिकांश मिसाइललाई सिरियाका सैनिकले निस्तेज पारेको दोहर्याेएको छ।  

हजबुल्लाहको मिडिया आउटलेट अल मानरले आक्रमणको कडा शब्दमा निन्दा गर्दै सिरियाविरुद्ध आवेगमा आक्रमण भएको जनाएको छ। अल मानरले भनेको छ, 'सिरिया माथिको आततायी आक्रमणले सिरियाली सम्प्रभूता र स्वाधिनता तथा यहाँका नागरिकको अस्तित्वमाथि नाङ्गो हस्तक्षेप गरेको छ।'

'यस क्षेत्रका जनताविरुद्ध सुरु गरिएको युद्ध र प्रतिकार मुभमेन्टले कुनै लक्ष्य हासिल गर्न सक्दैन भन्नेमा हामी निश्चिन्त छौं, र देश आफ्नो अस्तित्वका लागि थप बलशाली र प्रतिवद्ध भएर उत्रिनेछ।'

साना (सिरिया)

सिरियाको सरकारी समाचार एजेन्सी सानाले हवाई हमलाको कडा शब्दमा निन्दा गरेको छ। साथै पश्चिमा मुलुकले प्रहार गरेका अधिकांश मिसाइल निस्तेज पारिएको समेत दावी गरेको छ। सानाको समाचारमा सिरियाली सेनाले विद्रोहीहरुले विषादी उत्पादन गर्ने प्रयोगशालासमेत फेला पारेको जनाइएको छ। समाचारमा पश्चिमा मुलुकको सहयोगमा विद्रोही समूहहरुले गरेका गतिविधिको पनि कडा शब्दमा आलोचना गरिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell