PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ला लिगामा बार्सिलोनाको नयाँ रेकर्ड : ३९ खेलमा अपराजित, उपाधि जित्न ७ अंक आवश्यक



पहिलोपोस्ट

ला लिगामा बार्सिलोनाको नयाँ रेकर्ड : ३९ खेलमा अपराजित, उपाधि जित्न ७ अंक आवश्यक

बार्सिलोनाले स्पानिस ला लिगामा लगातार ३९ खेलमा अपराजित रहने नयाँ रेकर्ड कायम गरेको छ। लिग अन्तर्गत शनिवार भएको खेलमा भ्यालेन्सियालाई २-१ ले पराजित गर्दै बार्सिलोनाले लगातार ३९ खेलमा अपराजित रहने रेकर्ड बनाएको हो।

यसअघि रियल सोसिडाडले सन् १९७९ र ८० को सिजनमा लगातार ३८ खेलमा अपराजित रहने रेकर्ड बनाएको थियो।

लगातार ३९ खेलमा अपराजित रहने क्रममा बार्सिलोनाले यस सिजन ३३ अपराजित यात्रालाई ३२ खेलसम्म पुर्‍याएको छ। सन् २०१७ अप्रिल ८ मा मालगासँग हारेयता बार्सिलोना ला लिगामा अपराजित रहेको छ।

घरेलु मैदानमा भ्यालेन्सियालाई पराजित गर्न बार्सिलोनाका लागि लुइस सुवारेज र सामुएल उम्टीटीले एक एक गोल गरे। भ्यालेन्सियाका लागि ड्यनिएल परेजोले पेनाल्टीमा गोल पर्काए।

जितपछि ३२ खेलबाट बार्सिलोनाको ८२ अंक भएको छ। एक खेल कम खेलेको एट्लेटिको ६८ अंकका साथ दोस्रो स्थानमा छ। बार्सिलोनाले अब लिगमा ६ खेल खेल्न बाँकी छ र अब ७ अंक मात्र जोडेपछि बार्सिलोनाले उपाधि जित्नेछ।

उता ३२ खेलबाट ६५ अंक रहेको भ्यालेन्सिया तेस्रो स्थानमा छ। लिगकै अन्य खेलमा सेभिया र भियारियालले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell