PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

यस्तो छ देशमा रेलको प्रगति : तोकिएको मितिमा काम पूरा नहुने मलेपको प्रतिवेदन, ८१ लाख अनियमितता


यस्तो छ देशमा रेलको प्रगति : तोकिएको मितिमा काम पूरा नहुने मलेपको प्रतिवेदन, ८१ लाख अनियमितता
काठमाडौं : देशमा निर्माण क्रममा रहेको मेची महाकाली विद्युतीय रेलमार्ग र काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिए पनि प्रगति न्यून देखिएको छ। तोकिएको मितिमा सम्पन्न हुनु पर्ने काम पुरा नहुने महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ।

२०६८ असारमा रेल विभागको स्थापना भएर ५ वर्षभित्र ७५० कि.मि. र १० वर्षभित्र १ हजार ५०० कि.मी. रेल मार्ग निर्माण गर्ने २० वर्षे दीर्घकालीन लक्ष्य राखिएको थियो। तर काममा भने न्यून प्रगति देखिएको प्रतिवेदनमा जनाइएको छ।
 
मेची—महाकाली विद्युतीय रेलमार्ग रु.६ खर्ब ९४ अर्ब ६७ करोडको लागतमा सन् २०१८–१९ मा सम्पन्न गर्ने लक्ष्य भएपनि सन् २०२२–२३ मा सम्पन्न गर्ने गरी संशोधन भएको छ। 

आयोजनाको कूल अवधि १३ वर्षमध्ये ७ वर्ष (५४ प्रतिशत) समाप्त भइसकेकोमा यो वर्ष रु.६ अर्ब ८४ करोड ५५ लाख ३४ हजार खर्च भई कूल लक्ष्यको तुलनामा ८.८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस आधारमा लक्षित अवधिमा आयोजना सम्पन्न नहुने प्रतिवेदनमा भनिएको छ।
 
‘निर्माण व्यवसायीसँग भएको सम्झौताको दफा ४५ मा मूल्य समायोजन रकम भुक्तानी गर्दा काम भएको १ महिना अगाडिको मूल्य सूचीको आधारमा भुक्तानी गर्नुपर्ने उल्लेख भए तापनि बीमा गरेको २६ महिनापछिसम्मको मूल्य सूची प्रयोग गरी रु.८१ लाख ५२ हजार मूल्य समायोजन भुक्तानी गरेको नियमसम्मत देखिएन,’ प्रतिवेदनमा उल्लेख छ।

दुई निर्माण व्यवसायीलाई भेरियसन आदेशबाट नयाँ दर कायम गरी भुक्तानी गरेकोमा भेरियसन आदेश जारी गरेको मितिभन्दा अगाडिको अवधिको मूल्यसूची प्रयोग गरी मूल्य समायोजन रकम गणना गर्दा रु.१७ लाख २४ हजार बढी भुक्तानी भएको छ। उक्त रकम असुल हुनु पर्ने प्रतिवेदनमा बताइएको छ ।


यस्तो छ देशमा रेलको प्रगति : तोकिएको मितिमा काम पूरा नहुने मलेपको प्रतिवेदन, ८१ लाख अनियमितता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट