PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सञ्चार नपुगेका प्रहरी चौकीमा आजबाट भिस्याट टेलिफोन



पहिलोपोस्ट

सञ्चार नपुगेका प्रहरी चौकीमा आजबाट भिस्याट टेलिफोन

काठमाडौं: नेपाल प्रहरीले टेलिफोन तथा इन्टरनेट सुविधा नपुगेका प्रहरी चौकीमा आजबाट भिस्याट टेलिफोन सेवा शुरु गरेको छ। 

प्रहरी प्रधान कार्यालयले सोमबारदेखि भेरी स्मल अप्रेचर टर्मीनल टेलिफोन सेवाको (भीस्याटको) सञ्चालनमा ल्याउन लागेको नेपाल प्रहरी सञ्चार सेवा निर्देशानालयका प्रमुख डिआइजी डा राजीव सुब्बाले बताए। 'भौगोलिक विकटता भएका स्थानमा सञ्चार सहजता ल्याउन भिस्याट सञ्चालनमा ल्याउन लागेको हो,' डिआइजी सुब्बाले भने।

टेलिफोन सेवा नपुगेका ८ वटा प्रहरी कार्यालयहरूमा यो सेवा सुरु गरिएको हो।  ताप्लेजुङको सीमा प्रहरी चौकी ओलाङचुङ गोलामा रहेको इलाका प्रहरी कार्यालय, काभ्रेको फोक्सीटारमा प्रहरी चौकी, मुस्ताङको लोमानथाङ, सुरखाङ सुरखाङं ,रुकुमको रम्मामाईकोट, जुम्लाको राराली प्रहरी चौकी, डोल्पाको सहरतारा र बजाङको धुली प्रहरी चौकीमा उक्त सेवा बिस्तार गरिएको डिआइजी सुब्बाले जानकारी दिए। 

दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा प्रहरी प्रधान कार्यालयले करिब २५ लाख रुपैयाँको लागतमा सञ्चार सेवा नभएका प्रहरी चौकीमा उक्त सेवा बिस्तार गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell