PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमाले माओवादी एकता वैशाख ९ मा : जनयुद्धमा कुरा मिल्यो, चुनाव चिह्न र नेतृत्वमा बाँकी



विधुर ढकाल

एमाले माओवादी एकता वैशाख ९ मा : जनयुद्धमा कुरा मिल्यो, चुनाव चिह्न र नेतृत्वमा बाँकी

काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकताका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बसेको छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दुबै दलका नेताहरुको उपस्थितिमा भएको बैठकले पार्टी एकताको टुंगो लगाएको छ।

'पार्टी एकता घोषणा वैशाख ९ मा हुन्छ, पार्टी एकता कहाँ र कसरी हुने भनी यही २२ गते एकता संयोजन समितिको बैठक बस्ने भएको छ,' बैठकपछि माओवादी नेता जनार्दन शर्माले भने। 

प्रधानमन्त्री ओली भारत जानुअघि बस्ने एकता संयोजन समितिको बैठकले माधव नेपाल समूहले तयार गरेको राजनीतिक अन्तरिम विधान र रामबहादुर थापा वादलको समूहले तयार पारेको सांगठनिक तथा अन्तरिम विधानमा आवश्यक छलफल गरी अन्तिम रुप दिने तयारी रहेको उनले बताए।

जनयुद्धका विषयमा नेपाल समूहले तयार गरेको प्रतिवेदनमा समेटिएकोले यसमा माओवादीले सहमति जनाएको छ। केन्द्रीय समिति २९९ राख्ने सहमति यसअघि नै भए पनि नेतृत्वमा कुन पार्टीबाट कति जना जाने भन्ने विवाद भने कायमै रहेको छ। त्यसैगरी चुनाव चिन्हमा कुरा मिल्न बाँकी रहेको नेता शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell