PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जापानमा तातेसिना हाइकु सङ्ग्रहको बिमोचन



पहिलोपोस्ट

जापानमा तातेसिना हाइकु सङ्ग्रहको बिमोचन

काठमाडौं: जापानको टोकयोमा ‘तातेसिना हाइकु सङ्ग्रह’ को बिमोचन गरिएको छ। जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फुल हेर्ने पर्व) को अवसर पारेर हाराज्युकु पार्कभित्र गरिएको बिमोचन कार्यक्रममा जापानमा रहेका नेपाली स्रष्टाहरूको उपस्थिति थियो। 
        
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा भएको कार्यक्रममा  स्रष्टाहरूले साकुरा फुलको मजा लिनुको साथै साहित्यिक खुराकहरू पनि प्रस्तुत गरेका थिए। 

नागानो प्रिफेक्चर अन्तर्गत रहेको तातेसिना भन्ने ठाउँमा ३९ जना हाइकु कविहरूले स्थलगत रूपमा लेखेका हाइकुहरू तातेसिनाभित्र समेटिएका छन्। कृतिमा प्राध्यापक रामकुमार पाँडे र प्रकाश पौडेल माइलाको हाइकुको खोजमूलक सैद्धान्तिक कार्यपत्र पनि समावेश छ। 

अनेसास जापान च्याप्टरले प्रकाशनमा ल्याएको तातेसिना हाइकु संकलनको सम्पादन हाइकु कवि प्रकाश पौडेल माइलाले गरेका हुन्। विगत १३ वर्षदेखि जापानमा बसेर हाइकुको क्षेत्रमा कलम चलाइरहेका माइला अनेसासका केन्द्रीय उपाध्यक्ष समेत हुन्।

अनेसास जापान च्याप्टरका अध्यक्ष दीप पाठकको सभापतित्त्वमा सम्पन्न बिमोचन समारोहको प्रमुख अतिथि भने साकुराको रुखलाई मानिएको थियो। सहारोहमा प्रकाश पौडेल माइला, जिज्ञान कुमार थापा, शालिकराम भण्डारी, पीताम्बर पदमपानी, पुष्करजङ्ग थापा, आलोक चालिसे, दिनेशराज ज्ञवाली, शरद गौचन, मैदेली घिमिरे, दीपक सुबेदी, अरुण पौडेल, हरि सापकोटा,  सूर्य खड्का लगायतले बोल्नु भएको थियो। 
कार्यक्रमको सञ्चालन रबिन शर्मा र सङ्गीता कुवँरले गर्नु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell