PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढा रहन प्रधानमन्त्रीको निर्देशन, टाढैबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दापनि दाग नदेखियोस



पहिलोपोस्ट

जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढा रहन प्रधानमन्त्रीको निर्देशन, टाढैबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दापनि दाग नदेखियोस

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई भ्रष्टाचारबाट टाढा रहेर काम गर्न निर्देशन दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्। 

‘भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्नुहोला, तपाईँहरूमा यसको दाग नलागोस,’ उनले भने, ‘तपाईँहरूलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस।’ 

प्रधानमन्त्री ओलीले सिंहदरबारका अधिकार गाउँका जनताले महसुस गर्नुपर्ने बताए। ‘राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगेको भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् भन्ने कुरा महत्त्वपूर्ण हो, प्रधानमन्त्री ओलीले भने, ‘संहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभूति गर्ने गरी तपाईँहरूले काम गर्नुहोस्।’ 

प्रधानमन्त्री ओलीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेको भन्दै यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्ने बताए। 

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य भएकोले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीले बताए। 

‘अहिले ५१ प्रतिशत उपाध्यक्ष ४० वर्ष भन्दा मुनिका छन्, ४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन्,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै अगाडि भने, ‘यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त?’

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने प्रतिबद्धता व्यक्त गरे। सरकारले कर्मचारी समायोजनको काम अघि बढाइ सकेको भन्दै केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्री ओलीको भनाई थियो। 

प्रधानमन्त्री ओलीले पूर्वाधार, विद्यतु, वैकल्पिक उर्जा, सञ्चार आदि क्षेत्रको विकासमा लाग्न प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरूलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell