PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत



पहिलोपोस्ट

गुन्डा नाइके गणेश लामालाई १० दिन थप हिरासत
फाइल फोटो

काठमाडौं : कांग्रेस नेता तथा 'गुन्डा नाइके' गणेश लामालाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिन म्याद थप गरेको छ। जिल्ला प्रशासन कार्यालयकै स्वीकृतिमा १० दिन यता उनी हिरासतमै छन्।  हिरासतमा लामालाई राख राख्ने  अनुमति दिएको थियो।

राजधानीको गौशालाबाट चैत ३ गते प्रहरीले उनलाई पक्रेको थियो। हातहतियार तथा खरखजानामा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने, 'अनुसन्धान भइरहेको छ।'

प्रहरी हिरासतमा रहेका लामाले भने प्रहरीले जफत गरेको हतियार आफ्नो नभएको दावी गर्दै आएका छन्। लामालाई उदृत गर्दै डिएसपी थापाले भने, 'यो मेरो हतियार नै होइन। म माथि नै गोली प्रहार भएको छ।'

प्रहरीले लामालाई गौशालाको पशुपति भिजन होटेलबाट एक थान पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको दावी गर्दै आएको छ।

हतियारसहित फेला परेको भन्दै प्रहरीले तयार परेको मुचुल्कामा लामाले हस्ताक्षर गर्ने मानेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell