PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिका पढ्ने वीरगन्जका त्रिलोकीले गरे दाईजोरहित अन्तरजातीय बिहे

अमेरिका पढ्ने वीरगन्जका त्रिलोकीले गरे दाईजोरहित अन्तरजातीय बिहे

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः वीरगंजको घडिअर्वा पोखरी नजिकै पुरानो गीता मन्दिरमा शनिबार अन्तरजातीय जोडीले विवाह गरेका छन्। 

मधेसमा कुरितीको दाइजो प्रथाले विरोध गर्दै पर्साको पकाहामैनपुर गाउँपालिका–२ का त्रिलोकीप्रसाद पटेल(२३) र सोही गाउँपालिका–१ की रीना मेहताले दाइजो विना नै अन्तरजातीय विवाह गरेका हुन्। 

‘सुरुमा बाआमा र सासू, ससुरालाई कन्भिन्स गर्न गाह्रो थियो तर बिना दइजो विवाह गरेर छाड्यौँ,’ त्रिलोकीले भने, ‘लेखपढ गरेर परिवारलाई सम्झाउन सकिएन भने किन पढ्नु पर्यो।’
बेहुलीका बाबु साधोलाल मेहताले अन्तरजातीय विवाहलाई हाम्रो समाजमा मान्यता दिन नै यस्तो विवाहलाई स्वीकार गरेको बताए।

‘सुरुमा लागेको थियो, समाजले मलाई गाली गर्छ, तर छोरीको खुसीको लागि समाजको नियमलाई मिचेको छु,’ उनले भने, ‘आखिर एक्ली छोरी हुन्।’ त्रिलोकीका बाबु रामधारी राउत कुर्मी पनि विवाह समारोहमा हर्षित देखिन्थे। ‘जेकरा लिखन्तमे जे लिखल रहे, उ भइल, एकरासे बडका खुसी का होइ (जसको भाग्यमा जे लेखेको थियो,त्यो भयो,यो भन्दा अरु खुसी के हुन्छ )’,उनले आफ्नै भाषमा भने। 

२०१५ मा अमेरिका डिभी परेर अमेरिका पुगेका त्रिलोकी कोलोराडोको फ्रन्टरेन्ज कम्युनिटि कलेजमा कम्प्युटर साइन्स पढ्दै छन्। 

बेहुली रीना मानविकी संकायबाट स्नातक सकाई वीरगन्ज माइस्थान विद्यापीठमा मावि तहमा पढाइरहेकी छन्। 

दाईजो नलिई अन्तरजातीय विवाह गरेका जोडीलाई विवाह स्थलमै सम्मान गरिएको छ। 


ट्रेन्डिङ पोस्ट

Ncell