PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियन गेम्सको विशेष तयारीका लागि तेक्वान्दो खेलाडी छनोट



पहिलोपोस्ट

एसियन गेम्सको विशेष तयारीका लागि तेक्वान्दो खेलाडी छनोट

काठमाडौं : इन्डोनेसियाको जकार्तामा अगस्ट १८ देखि २ सेप्टेम्बरसम्म हुने १८औँ एसियन गेम्सको विशेष तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ।

शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल समूह र पुम्सेमा २ गरी कुल १० खेलाडी छनोट गरिएको हो। एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए।

महिलाको ग्यरोगीतर्फ ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगिता बस्याल छनोट भएका छन।

पुरुषको ग्यरोगीतर्फ ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा बिरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए। बीरबहादुर गत सागको रजत पदक विजेता र पराजित निश्चलमान कास्य पदक विजेता हुन्। पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए। पुम्सेतर्फ महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भएका छन्।

अगामी एसियन गेम्सदेखि पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell