PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नयाँ शक्तिको हरेक कार्यक्रम उद्घाटन बिरुवामा पानी हालेर



पहिलोपोस्ट

नयाँ शक्तिको हरेक कार्यक्रम उद्घाटन बिरुवामा पानी हालेर

काठमाडौँः नयाँ शक्ति पार्टी नेपालले पार्टीका कार्यक्रमहरूको उद्घाटनमा समानता ल्याउने भएको छ। नयाँ शक्तिले पार्टीका आन्तरिक तथा सार्वजनिक कार्यक्रमहरूमा समानता ल्याउने भएको हो। 

अब पार्टीका प्रत्येक आन्तरिक कार्यक्रम सुरुवात 'लुम्बिनी संकल्प-२०७४' को सामूहिक वाचनबाट हुनेछ। संयोजक डा. बाबुराम भट्टरार्इका अनुसार सार्वजनिक कार्यक्रमको उद्घाटन नयाँ बिरुवामा पानी हालेर गरिने छ। पछि त्यो बिरुवा रोपिने छ। 

संयोजक भट्टरार्इले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी गराएका हुन्। 'यसको सांकेतिक अर्थ मानव जातिले बुद्धको बेलादेखि मार्क्स हुँदै आजसम्म आर्जित गरेका ज्ञान र विज्ञानमा आधारित भएर हामी सहभागितामूलक लोकतन्त्रमा आधारित समुन्नत समाजवादको दिशामा निरन्तर अघि बढ्ने प्रतिबद्धता गर्दछौँ,' उनले अगाडि भनेका छन्, 'अनि हामी यो नयाँ र अग्रगामी विचारको बिरुवालाई निरन्तर सिन्चित गरेर हुर्काउनेछौँ। साथै यो पृथ्वी र नेपाललाई सधैँ स्वच्छ र हराभरा राख्नेछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell