PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसियन यू-१९ बिच भलिबल : नेपाल दुबै खेलमा पराजित



पहिलोपोस्ट

एसियन यू-१९ बिच भलिबल : नेपाल दुबै खेलमा पराजित

काठमाडौं: थाइल्यान्ड शुक्रबारदेखि सुरु भएको एसियन यू-१९ बिच भलिबल प्रतियोगितामा नेपाल भारत र इन्डोनेसियासँग पराजित भएको छ।

थाइल्यान्डको नखन पाथेममा भइरहेको प्रतियोगिताको पुरुषतर्फ सहभागिता जनाएको नेपाल पुल सी मा भारतसँग २१-८, २१-११ ले पराजित भएको हो। यस्तै पुल सी मै नेपाल इन्डोनेसियासँग २१-५, २१-१३ ले पराजित भयो।

थाइल्यान्डको गर्मी मौसमका कारण नेपाली खेलाडीले सोचेजस्तो खेल्न नसकेको नेपालका प्रशिक्षक जगदीश भट्टले पहिलोपोस्टलाई बताए।

कुल ३७ टोलीले सहभागिता रहेको बिच भलिबल प्रतियोगितामा पुरुषतर्फ २३ र महिलातर्फ १४ टिमले प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell