PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फ्राइडे रिलिज : मल्टिप्लेक्समा 'शत्रु गते'को कब्जा र बलिउडको हिचकीमात्र पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज : मल्टिप्लेक्समा 'शत्रु गते'को कब्जा र बलिउडको हिचकीमात्र पर्दामा

काठमाडौं : हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रोक्सन हाउस महसञ्चारले दशक लामो अन्तरालमा बनाएको फिल्म शत्रु गते आज रिलिज भएको छ।

'शत्रु गते'ले मल्टिप्लेक्समा सबैभन्दा धेरै सो पाएको छ। पाएको सोअनुसार फिल्म केही दिनमात्रै टिक्ने हो भने बक्स अफिसमा यसले उल्लेख्य उपलब्धी हासिल गर्न सक्छ।  

हास्य विधाको फिल्मको रुपै मोहनी... गीत चर्चित भइसकेको छ। किरण केसी निर्माता रहेको फिल्मको निर्देशन प्रदीप भट्टराईले गरेका छन्। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपा श्री निरौला, रमेशरञ्जन झा, शिवहरि पौडेल फिल्ममा छन्। हाँस्य विधामा ठूलो र सानो पर्दामा स्थापितहरुको भिड नै लागेको छ फिल्ममा। 

उता बलिउडतर्फ नेपाली सिनेमाका पर्दामा रानी मुखर्जीको हिचकी रिलिज भएको छ। बलिउडमा आजै परेशान परिन्दा, सादी तेरी बजाएंगे हम ब्यान्ड पनि रिलिज भयो जुन नेपाली सिनेमाघरमा हेर्न पाइने छैन। हलिउडतर्फका कुनै पनि फिल्म आज नेपाली पर्दामा रिलिज भएन।
 
बलिउड ड्रामा जेनराको हिचकी यशराज फिल्मस् ब्यानरमा तयार भएको हो। सिद्धार्थ मलहोत्रा निर्देशित फिल्म हलिउड फिल्म फ्रन्ट अफ दी क्लासको हिन्दी एडप्टेसन हो। रानी मुखर्जी फिल्ममा शिक्षिकाका रुपमा प्रस्तुत भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell