PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसियन कप क्वालिफायर : यमनसँग खेल्न नेपाली फुटबल टोली आइतवार कतार जाने



पहिलोपोस्ट

एसियन कप क्वालिफायर : यमनसँग खेल्न नेपाली फुटबल टोली आइतवार कतार जाने

काठमाडौं : एएफसी एसियन कप क्वालिफायर अन्तर्गत यमन विरुद्ध खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली यही आइतवार कतारको दोहा प्रस्थान गर्दैछ।

टोलीलाई शुक्रवार एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाई गरेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले मार्च २७ मंगलवार यमनसँग दोस्रो लेगको खेल दोहाको सुहइम बिन स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।

यसअघि काठमाडौंमा भएको खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो। यसअघि खेलेका ५ मध्ये २ खेल बराबरी खेलेको नेपालले जम्मा २ अंक मात्र जोडेको छ र समूह चरणबाटै बाहिरिसकेको छ।

यमनको लागि भने समूह एफ को शीर्ष दुई स्थान हात पार्दै अर्को वर्ष हुने एसिया कपमा स्थान बनाउन महत्वपूर्ण हुनेछ। एक खेल बाँकी रहदा ९ अंकका साथ फिलिपिन्स शीर्ष स्थानमा छ। यमन र ताजिकिस्तानको समान ७ अंक छ र गोलअन्तरमा यमन अगाडी छ।

युएईमा हुने एसियन कपमा लागि आयोजकसँगै २१ टोली छनोट भइसकेका छन्। अब समूह एफ बाट २ तथा समूह बी बाट १ टिमको मात्र टुङ्गो लाग्न बाँकी छ। १७औँ संस्करणको एसिया कप २०१९ मार्च १२ देखि २७ सम्म हुनेछ।

यमनसँग खेलेपछि नेपाल कतारबाटै मलेसिया प्रस्थान गर्नेछ र मलेसियासँग अप्रिल १ मा मैत्रीपूर्ण खेल खेल्नेछ।

 

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, बिकेश कुथु र एलन न्यौपाने

डिफेण्डर : विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, देवेन्द्र तामाङ

मिडफिल्डर : रोहित चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ, हेमन्त थापामगर

स्ट्राइकरः विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सुमन लामा

हेड कोच : योतुकु कोजी

कोच : राजुकाजी शाक्य

गोलकिपर कोच : उज्वल मान्नधर

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell