वीरगंजः वीरगंज-पथलैया सडकखण्डको सिमरामा आज बिहान ना ७ ख २३३९ नम्बरको ट्रिपरले ना १९ प ३८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुर मनहरीका लक्ष्मण लामा रहेका छन्। लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान करिव साढे ९ बजे दुर्घटना भएको हो। ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।