PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सन्दीपले किन रोजे दिल्ली डेयरडेभिल्सको १ नम्बर जर्सी?

सन्दीपले किन रोजे दिल्ली डेयरडेभिल्सको १ नम्बर जर्सी?

गोविन्दराज नेपाल/पहिलोपोस्ट


काठमाडौं : अप्रिल ७ देखि भारतमा सुरु हुने इन्डियन प्रिमियर लिग (आइपीएल) को ११औँ संस्करणका नेपाली युवा स्पीनर सन्दीप लामिछानेलाई उनको टिम दिल्ली डेयर डेभिल्सले १ नम्बर जर्सी प्रदान गरेको छ।

दिल्लीका सिइओ हेमन्त दुअ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट र सन्दीप आफैले उक्त जर्सी सार्वजनिक गरे। उक्त जर्सी लगाएर सञ्चारकर्मीमाझ प्रस्तुत भएका सन्दीपले १ नम्वर जर्सी रोज्नुबारे रहस्य समेत खोले।

नेपाली राष्ट्रिय टोली र यू-१९ राष्ट्रिय टोलीका सदस्य सन्दीपले यसअघि २५ नम्बरको जर्सी लगाएर खेलेका थिए।

तर दिल्लीमा भने उनले सोहि नम्बरको जर्सी पाएनन्। किनकी दिल्लीको २५ नम्बर जर्सी दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडाले लगाउनेछन्। त्यसपछि सन्दीपले १ नम्बर जर्सी रोजेका हुन्। 'मेरो भान्जीको बर्थ डे २५ जनवरी हो। अन्फरचुनेटली, बट सि इज नो मोर । मैले २५ नम्बरको जर्सी उहाँलाई नै डेडिकेट गर्दै आएको छु। अहिले पनि मैले २५ नम्बर जर्सी लगाउने सोचेको थिएँ तर दिल्लीमा सिनियर प्लेअर रबाडाले उक्त जर्सी लगाउने भएकोले मैले भान्जीको जन्म महिना पहिलो भएकोले नम्बर १ जर्सी चुज गरेको हुँ। यु अलवेज वान्ट टु बि नम्बर वान।'

यसअघि जिम्बावेमा क्रिकेट वर्ल्डकप क्वालिफायर हुनुअघि हामीसँगको कुराकानीमा सन्दीपले आइपीएलमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दा सबैभन्दा पहिले भान्जीलाई नै सम्झिएको र उनलाई नै डेडिकेट गरेको बताएका थिए।

 

स्टार खेलाडीको भिडमा सन्दीप, पहिलो रोजाई बारे के भन्छन् सन्दीप?

सन्दीपलाई अनुबन्ध गरेको टिम दिल्लीमा भारतीय तथा अन्य देशका स्टार खेलाडीहरुको भिड छ। गौतम गम्भिरको कप्तानीमा रहेको टिममा सन्दीपसहित ८ विदेशी खेलाडी छन् र पहिलो रोजाईमा चार विदेशी खेलाडी मात्र खेल्न पाउनेछन्। यस्तोमा सन्दीपले पहिलो रोजाईमा अवसर पाउलान् नपाउलान् त्यो भने आइपीएल सुरु भएपछि नै थाहा हुनेछ। तर जर्सी सार्वजनिक गरेपछि सन्दीपलाई सोधिएको उक्त प्रश्नमा उनी भन्छन्, 'मुख्य कुरा भनेको टिमले जित्नु हो। म खेलेपनि नखेलेपनि टिमले जित्नु महत्वपूर्ण हुन्छ। नेपाली टिममा पनि म भए पनि नभएपनि टिमको जित मुख्य हो। उनले भने, 'मैले चान्स पाए भने त्यो अझ राम्रो हुनेछ।'

दिल्लीमा सन्दीपसहित रबाडा, अष्ट्रेलियन अलराउण्डर ग्लेन म्याक्सबेल, इंगल्याण्डमा ज्यासन रोए, क्रिस मोरिस, कोलिन मुनरो, ट्रेन्ट बोल्ट, डान क्रिस्टियन छन्।

यस्तै सन्दीपले पहिलो रोजाईमा खेल्लान भन्ने प्रशन्मा दिल्लीका सिइओ हेमन्तले भने, 'हामीले सन्दीपको बारे नेपालीको उत्साह बुझेका छौँ। हामी उनले खेलोस् भन्ने चाहन्छौँ। तर कप्तानले नै कुन खेलाडी खेल्ने\नखेल्ने निर्णय गर्नेछन्।' दुअले भने, 'आइपीएल अघि पनि ट्रेनिङहरु हुन्छ, सन्दीपले ठुला खेलाडीमाझ प्रस्तुत हुने अवसर पाउनेछन्। त्यसपछि उनले खेल्ने नखेल्ने थाहा हुन्छ। हाम्रो कोच रिक्की पोन्टिङ वर्ल्ड कप विनिङ प्लेअर छन्। कप्तान गौतम गम्भिर छन्। दुवै जना युवा खेलाडीलाई इनकरेज गर्छन्।'

दुअले सन्दीपको प्रशंसा गर्दै भने, 'हि इज च्याम्पियन वन हिज वे। हि विल बि मच विगर प्लेअर फर नेपाल।'

 

सन्दीप पाउनु हाम्रो लागी राम्रो हो : हेमन्त दुअ

दिल्लीका सिइओ हेमन्त दुअले जर्सी सार्वजनिक गर्नुअघि सन्दीपलाई भेटेको देखि अहिलेसम्मको कहानी सुनाए। उनले सुरुमै भने' 'हाम्रो लागि यो एक मोमेन्ट हो। सन्दीप इज ग्रेट स्टोरी पर अस।' 'हामीले एक वर्ष भन्दा अघि देखि नै सन्दीपलाई ट्रयाक गरिरहेका थियौँ। हङकङ, अष्ट्रेलिया सबै ठाउँमा फलो गरिरहेका थियौँ। त्यसपछि हामीले आमिर अख्तरसँग कुरा गर्‍यौँ सन्दीपलाई भेट्नको लागि अनी दिल्ली बोलायौँ।'

'तर त्यो दिन पानी परिरहरेको थियो र हामीसँग ट्रेनिङ गराउने ठाउँ थिएन। कहाँ बलिङ गराउने। दिल्लीको इन्डोर हल थिएन। त्यसपछि हामीले गेमिङ सेन्दरमा लगेर सन्दीपलाई बलिङ गरायौँ। सन्दीपले डेढ घण्टा बलिङ गरे। त्यसपछि हामीले उक्त भिडियो कोच रिक्कि पोन्टिङलाई पठायौँ।'

दुअले सन्दीपको यात्राबारे भने। 'अक्सनमा हामीले सन्दीपलाई पायौँ। यो दिल्लीको लागि मात्र खुशीको विषय होइन। नेपालको लागि पनि ठूलो स्टेज हो।'

 

सन्दीपको कारण सिंगा देशको गौरव बढेको छ : विष्ट

राखेपका सदस्य सचिव केशव कुमार विष्टले सन्दीपको कारण देशकै गौरव बढेको बताए। सिंगो देश र क्रिकेट समूहदायको लागि गौरव गर्ने क्षण भएको छ। केही समयअघि हामीले गौरवपूर्ण सफलता हात पारेका थियौँ, त्यसलाई अझ अगाडी बढाउनुपर्नेछ। विष्टले भने।

'सन्दीप देशकै एउटा क्रिकेट पुत्र हो। जसमा ठूलो आशा छ। उनीसँग अझ धेरै समय बाँकी छ र नेपाललाई थप उचाईमा पुर्‍याउने आशा छ।'

'आइपीएलमा अनुबन्ध हुने पहिलो नेपाली क्रिकेटर सन्दीप 'इन्टरनेशनल हिरो' भएका छन्।'



ट्रेन्डिङ पोस्ट

Ncell