PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लियोनल मेसीको 'मेसीआर्ट' बनाएर नेपालका सनिल बने विश्वकै उत्कृष्ट



पहिलोपोस्ट

लियोनल मेसीको 'मेसीआर्ट' बनाएर नेपालका सनिल बने विश्वकै उत्कृष्ट

काठमाडौं : नेपालका सनिल चित्रकारले बनाएको लियोनल मेसीको प्रोट्रेट 'मेसीआर्ट' विश्वमै उत्कृष्ट घोषित भएको छ।

बार्सिलोना पाड्रिएट्रिक क्यान्सर सेन्टरको नयाँ भवन बनाउनको मेसीको प्रोट्रेट बनाउने क्याम्पियन लन्च गरिएको थियो। त्यसैका लागि नेपालका सनिलले बनाएको लियोनल मेसीको पोट्रेट विश्वमै उत्कृषट ठहरियो। मेसीले आफ्नै अफिसियल फेसब्क पेज मार्फत सनिल उत्कृष्ट भएको घोषणा गरेका हुन्।

३५ वर्षीय सनिलले बनाएको उक्त पोट्रेटमा विश्वभरका २५ हजारले सामाजिक सञ्जालमा मत दिएका थिए।

सनिलले लियो टु रसिया २०१८ अन्तर्गत उक्त पोट्रेट तयार पारेका थिए।

फेब्रुअरी १५ मा 'इन्टरनेशनल चिल्ड्रेन क्यान्सर डे' को अवसर पारेर मेसीले उक्त क्याम्पेन लन्च गरेका थिए।

अब सनिलले मेसीले हस्ताक्षर गरेको आर्ट कपी समेत पाउनेछन् भने मेसीको सन्देश पनि पाउनेछन्।

उत्कृष्ट भएको थाहा पाएपछि सनिलले आफू एकदमै खुशी भएको र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

सनिलले यसअघि विश्वका स्टार फुटबलहरुको आर्ट गरिसकेका छन्। यस्तै नेपालका पनि चर्चित कलाकार लगायत खेलाडीहरुको आर्ट तयार पारिसकेका छन्।

गत वर्ष सनिलले तयार पारेको ब्राजिलियन स्टार रोनाल्डिन्होको आर्टलाई रोनालडिन्हो स्वयंमले फेसबुकमा सेयर गरेका थिए।  

२००२ को विश्वकप ब्राजिललाई जिताउन महत्त्वपूर्ण योगदान गरेका यी विश्वचर्चित खेलाडीले क्याप्सनमा लेखेका थिए, 'इम्प्रेसिभ दिस आर्ट द्याट सनिल आर्टिस्ट डिड। थ्याङ्क यु सो मच पार्टनर।'

सनिल चित्रकार जसलाई रोनाल्डिन्होले भने, 'पार्टनर'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell