PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विमान दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा म्युजिक भिडियो, श्रद्धाञ्जली गीतमा नेपाल, बंगलादेश र श्रीलंकाका कलाकार



पहिलोपोस्ट

विमान दुर्घटनामा मृत्यु भएकाको स्मृतिमा म्युजिक भिडियो, श्रद्धाञ्जली गीतमा नेपाल, बंगलादेश र श्रीलंकाका कलाकार

बंगलादेश, नेपाल र श्रीलंकाका 'म्युजिक आर्टिस्ट'हरुले  युएस बंगला एयरलाइन्स दुर्घटनामा जीवन गुमाएका प्रति श्रद्धाञ्जली गीत तयार पारेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। 'फायर अस्बेना' टाइटलमा तयार भएको म्युजिक भिडियो भोलि रिलिज हुने बंगला डेलीलाई उदृत गर्दै डेलीस्टारले जनाएको छ। 

बंगलादेशका गीतकार साहन कोबोन्धले लेखेको गीतलाई नेपालीमा प्रशद बाँस्कोटाले अनुवाद गरेका छन्। गीत कम्पोज र ट्युनिङ भने श्रीलंकाली कलाकारहरु राज र थिलिना बोरालेसाले गरेका हुन्।

गीतमा बंगलादेशी गायकहरु हृदोय खान र पोर्सी तथा नेपाली गायकहरु मेलिना राई र सोनुप पौडेलले स्वर दिएका छन्। हृदोयले फेसबुकबाट श्रद्धाञ्जी गीत तयार गरेको जानकारी दिएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell