PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार



पहिलोपोस्ट

दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार

काठमाडौं : दोस्रो झिल्टुङ क्रस कन्ट्री रेस आगामी आइतवार नुवाकोटस्थित कोल्पुटार, बेलकोटगढी-५ मा हुँदैछ।

'जे गरौं गज्जबले गरौं' भन्ने नाराका साथ  हुन लागेको उक्त रेसमा १३.४ किलोमिटरको महिला/ पुरुष दौड र ४.५ किलोमिटरको रन फर फन रेस हुनेछ।

मुख्य विधाको रेस कोल्फुटार, बेलिनि, राजोदार, माझगाउँ, लामाचौर हुँदै कोल्पुरटारमा पुगेर सकिनेछ। यस रेसको विजेताले १५ हजार, दोस्रो हुनेले १० तथा तेस्रो हुनेले ५ हजार नगद पाउँनेछन्। यस्तै कोर्स रेकर्ड बनाउनेले थप ५-५ हजार प्राप्त गर्नेछन्। गत वर्ष पुरुषतर्फ होमलाल श्रेष्ठ र महिलातर्फ सन्तोषी श्रेष्ठ च्याम्पियन भएका थिए।

यस्तै चौथो देखि छैटौँ हुनेन क्रमश: ३, २ र १ हजार हात पार्नेछन्।

रन फर फन कोल्पुटार, पिप्ले हुँदै कोल्पुटार पुगेर सकिनेछ।

युथ एण्ड वुमन ग्रुप अफ झिल्टुङ एण्ड कोल्पुटरा, लियो क्लब अफ नुवाकोट र श्री महादेव स्कुलको संयुक्त आयोजनामा हसन लागको रेसको संयोजक पूर्व धावक तथा झिल्टुङकै मोहन नेपाल रहेका छन्।

पहिलो संस्करणमा नेपाल एथ्लेटिक्स एसोसिएसनको सहयोग रहेको थियो तर यस संस्करणमा भने एसोसिएसनको इनभल्व नरहेको आयोजकले जनाएको छ।

रेसका संयोजक मोहन नेपालले बगामी वर्षमा यसलाई अझै बृहत बनाउँदै अगाडी बढाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell