PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओलीको गृहनगरमा २०४९ बाट थालिएको सडक अझै बनेन: बजेट थप्न बालुवाटारमा ज्ञापनपत्र



पहिलोपोस्ट

ओलीको गृहनगरमा २०४९ बाट थालिएको सडक अझै बनेन: बजेट थप्न बालुवाटारमा ज्ञापनपत्र

काठमाडौं: झापाको दमक–चिसापानी–रबि सडक (फाल्गुनन्द मार्ग) निमार्ण सम्पन्न गर्न थप बजेट माग गर्दै उपभोक्ता समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ।

२५ वर्षभन्दा समयअघि देखि निर्माण सुरु भएको उक्त सडकमा थप बजेट माग गर्दै ज्ञापन पत्र बुझाएको हो। ०४९ सालबाट निर्माण सुरु गरिए पनि केही महिना अघि मात्र ट्रयाक खोलिएको थियो। तर, निर्माण सम्पन्न बजेट अपुग भएका सडक उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी गगनले जानकारी दिए।

उक्त सडकबारे परिचित हुन् प्रधानमन्त्री केपी शर्मा ओली। आफ्नै गृह नगर भएका कारण पनि ओलीले यस सडकलाई प्राथमिकतामा पार्ने गरेका छन्। तीन वर्षअघि उनकै पहलमा फाल्गुनन्द मार्ग बहुवर्षे आयोजनामा परेको थियो। फेरि पनि सडक निर्माण सम्पन्न गर्न बजेट पाउने आशामा झापा, इलाम र पाँचथरका स्थानीयसँगै सडक निर्माण उपभोक्ता समितिले प्रानमन्त्री ओलीलाई मंगलबार सरकारी निवास बालुवाटार पुगेर भेट गरे। उनीहरुसँगै कांग्रेस नेता भीष्मराज आङ्देम्बे, माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्रकुमार कार्की, प्रतिनिधिसभा सदस्य महेन्द्रा कुमारी सुब्बा प्रदेश १ का प्रदेशसभा सदस्य झलकसिंह दर्लामी लगायत नेताले प्रधानमन्त्री ओलीलाई भेटे।

त्यस क्रममा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुरीले सडकलाई बाह्रै महिना सञ्चालन गर्न तत्काल एक अर्ब ७५ करोड आवश्यक रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।

‘दमकदेखि चिसापानीसम्म ट्रयाक ओपन गरिएको ३६ किलोमिटर क्षेत्रभित्र बाह्रैमास सवारी साधन सञ्चालन गर्न तत्काल पक्की ढल, बेस्ट वाल, ग्राभेलिङ, रिटेनिङ वाल जरुरी छ’, उनले भने,‘त्यसका लागि नेपाल सरकारका तर्फबाट चालु आर्थिक वर्षमा छुटाइएको बजेट अत्यन्त न्यून भयो। डिपिआर अनुसारको एक अर्ब ७५ करोड रकम तत्काल थप गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गर्छौँ।’

प्रधानमन्त्री ओलीले ज्ञापनपत्र बुझ्दै उक्त सडकका बारेमा आफू जानकार भएकाले बजेट अभाव हुन नदिने बताए। उनले यो सडक आफ्नो पुरानो सपना भएको बताउँदै सपना पूरा गरेरै छाड्ने बताए। उनले भने,‘यो सडक मेरो पुरानो सपना हो। हामी सपना मात्र देख्दैनौँ पूरा पनि गछौँ।’

जादु गरे जस्तै तकत्काल पूरा नभए पनि विस्तारै पुरा हुने बताए। प्रधानमन्त्री ओलीले भने,‘जादु्गरले जादु गरे जस्तै तत्काल त काम सकिँदैन। तर विस्तारै सकिन्छ। कामको प्रगती भइरहेको छ।’ विकासका लागि झापाका राजनीतिक दल एकजुट भएको भन्दै उनले खुसी व्यक्त गरे। उनले भने,‘यता उता हुने भनेको चुनावको बेलामा हो। अरूबेला झापाका राजनीतिक दल विकासमा एक हुन्छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell