PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​मलेसियाको जेलमा इलामका युवकको मृत्यु



​मलेसियाको जेलमा इलामका युवकको मृत्यु

इलाम : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामे युवकको मृत्यु भएको छ। 

रोजगारीका लागि एक वर्षअघि मलेसिया पुगेका माईपोखरी–८ का १९ वर्षीय सुरेश राईको मृत्यु भएको हो। छ दिनअघि मृत्यु भएपनि परिवारले भने बिहीबार मात्रै उनको मृत्युको खबर सुनेका थिए। 

मलेसियामा अवैध रूपमा बस्दै आएका राईलाई छ महिनाअघि मलेसिया प्रहरीले पक्राउ गरी जेल चलान गरेको थियो। राईको जेलमै मृत्यु भएको उनकी दिदी रञ्जना राईले जानकारी दिए।

उनी जेल परेको लामो समयपछि मात्र उनले परिवारमा सम्पर्क गरेका थिए। उनलाई जेलबाट उकासेर स्वदेश फर्काउनका लागि परिवारले लाग्ने खर्चसमेत जुटाइसकेको अवस्थामा उनको मृत्यु भएको दिदी रञ्जनाले बताए।

राईको शव स्वदेश ल्याउन पहल गरिदिन नेपाली दूतावाससँग मृतकका परिवारले अनुरोध गरेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell