PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय नाकाबन्दीको विरोधमा जेनेभामा प्रदर्शन



भारतीय नाकाबन्दीको विरोधमा जेनेभामा प्रदर्शन

काठमाडौँ : भारतले लगाएको नाकाबन्दी र हस्तक्षेपको विरोधमा जेनभास्थित स‍ंयुक्त राष्ट्र स‍ंघको भवनअगाडि नेपालीहरुले प्रदर्शन गरेका छन्। 


प्रदर्शनमा एनआरएनका पूर्व अध्यक्ष जीवा लामिछानेसहित जर्मनी र फ्रान्सका नेपालीहरु सहभागी भएको प्रदर्शनमा सक्रिय ददि सापकोटाले जनाएका छन्। उनका अनुसार ७० घण्टाभन्दा कम समयमा यो कार्यक्रम आयोजना गरिएको हो। 

प्रदर्शनकारीहरुले नेपालमा हस्तक्षेप बन्द गर्नुपर्ने, भूपरिवेष्ठित देश नेपालको अधिकारको भारतले सम्मान गर्नुपर्ने जस्ता ब्यानर बोकेका थिए।

यसअघि हिजो मधेसको पक्षमा आन्दोलनमा भएको दमनविरुद्ध जेनेभामा प्रदर्शन भएको थियो। प्रदर्शनकारीहरुले नेपालको संविधान पनि जलाएका थिए। 




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell