PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आफ्नो मृत्युको खबर आफै सुनेपछि..



आफ्नो मृत्युको खबर आफै सुनेपछि..
आफ्नो मृत्युको खबर आफै सुनेकी क्यास्ट्रो।

आफ्नो मृत्युको खबर आफैले सुनेर त्यसको खण्डन गर्नुपर्दा कसैलाई कस्तो लाग्ला ? क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोकी छोरी मारिएला क्यास्ट्रोले यस्तै भोग्नु पर्‍यो। 

गएको साता अफ्रिकी राष्ट्र बुर्किना फासोको राजधानीबाट अल्जियर्सतर्फ उडेको एक घण्टापछि अल्जेरियाको एउटा जहाज हरायो। त्यति नै बेला अमेरिकाको सिएनएन, एबिसी जस्ता टेलिभिजनले ब्रेकिङ न्युज दिन थाले- विमानमा क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोकी भतिजी मारिएला पनि सवार छिन्। 

तर मारिएला भने भेनेजुएलाको एउटा विज्ञान कार्यशालामा व्यस्त थिइन्। त्यहीँ उनले आफ्नो मृत्युको खबर सुनिन्। 

खबरको खण्डन गर्न उनले तत्काल भेनेजुएलाको टेलिभिजनसित सम्पर्क गरिन् र भनिन्- 'म जिउँदै छु, स्वस्थ छु।'

लगत्तै उनले ट्विट गर्दै आफ्नो बारेमा समाचार पुष्टि नगरी दिएकोमा आलोचना गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell