PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

​‘ऋषि धमला–महिलालाई कस्तो प्रश्न गर्ने पत्नीलाई सोध’



​‘ऋषि धमला–महिलालाई कस्तो प्रश्न गर्ने पत्नीलाई सोध’

  • पहिलोपोस्ट-
काठमाडौं : यतिबेला सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माबारे निकै चर्चा छ। एक टीभी सोमा दिएको अन्तर्वार्ताका कारण उनको चर्चा बढेको छ।

पत्रकार ऋषि धमला अहिले ऋचाका फ्यानको तारो बनेका छन्। अन्तर्वार्तामा धमलाले ऋचाको प्रेम, विहे र यौनबारे अनेक प्रश्न सोधेका थिए। ऋचा फेसबुक स्टाटसमा लेख्छिन्, ‘मेरो विचारमा ऋषि धमालाजीले महिलाहरुलाई के प्रश्न गर्ने भनेर आफ्नी श्रीमतीलाई सोध्नुपर्छ, यदि उनले सहयोग गर्न सकिनन् भने अरु कसैले पनि सक्दैन।’
 

To all my Family, Friends, Media and Admirers from all over the world, I have been receiving hundreds of messages after...

Posted by Richa Sharma on Thursday, October 29, 2015

उनका प्रशंसकले धमलालाई महिलामाथि मर्यादित प्रश्न सोध्न अपिल गरेका छन्। ‘मैले इन्टरभ्यूमा उठेर हिँड्ने सोच त्यागेँ र प्रश्नको सामना गरेँ’ ऋचा स्टाटस लेख्छिन्। उक्त अन्तर्वार्तामा ऋचाले अभिनेता विनय श्रेष्ठसँग आफू कुनैबेला गम्भीर प्रेममा रहेको खुलाएकी थिइन् ।
 
धमलाले कार्यक्रमको अधिकांश समयको विनयसँगको सम्बन्धबारे ऋचालाई प्रश्न सोधेका थिए। तर, कार्यक्रम सकिएपछि अफेयरमा साँच्चि विनयजीले के गर्नुहुन्छ हँ भनेर धमलाले उल्टै प्रतिस्पर्धा गरेको ठट्यौली स्मरण ऋचाले हामीसँग गरिन्।
 

हेर्नुस् पत्रकार ऋषि धमलाले ऋचासँग लिएको अन्तर्वार्ता 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell