PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

हिजो राति मलेसियामा गैर कानुनी रुपमा काम गरिरहेका १४ नेपाली पक्राउ



हिजो राति मलेसियामा गैर कानुनी रुपमा काम गरिरहेका १४ नेपाली पक्राउ
फोटो : www.mopsg.com

मलेका : मलेसियाको ऐतिहासिक सहर मलेका अध्यागमनले १४ नेपालीसहित १ सय ३९ जना गैर कानुनी रुपमा काम गरिरहेका विदेशीलाई पक्रेको छ। पक्राउ पर्नेमा सबैभन्दा धेरै वंगलादेशी १ सय २० जना रहेका छन्।

अध्यागमन विभागले वुकिट रामवी औद्योगिक क्षेत्रमा छापा मारेर गैर कानुनी रुपमा रहेका कामदारलाई पक्रेको हो।  

वंगालदेशी र नेपाली सहित समातिएका उनीहरुको उमेर २० देखि ४५ वर्षसम्मका रहेको मलेका अध्यागमन विभागका मोहम्मद लामस अथमानले जानकारी दिए।

गैर कानुनी रुपमा कामदार राख्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell