PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ओलीको उम्मेदवारी दर्तालाई ११ बजेर ५७ मिनेटको साइत



ओलीको उम्मेदवारी दर्तालाई ११ बजेर ५७ मिनेटको साइत

​काठमाडौँ : उम्मेदवारी दर्ता गराउन केपी ओलीसहितको टोली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा केही अघि नै पुगेको थियो। उनीसँगै 
एमाले उपाध्यक्ष विद्या भण्डारी, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, झलनाथ खनाल, माले नेता सीपी मैनाली, बहुजन समाज पार्टी अध्यक्ष विश्वेन्द्र पासवानसमेत थिए। एमाले सभासद्हरु पनि ठूलो संख्यामा उपस्थित थिए। 

तर उनीहरुले त्यहाँ पुग्ने बित्तिकै उम्मेदवारी दर्ता भने गराएनन्। केही समय कुरेपछि बिहानको ठीक ११ बजेर ५७ मिनेटमा उनले उम्मेदवारी दर्ता गराए।

संयोग के रह्यो भने वैशाख १२ को भूकम्प ११ बजेर ५६ मिनेटमा गएको थियो। उम्मेदवारी दर्तापछि ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भूकम्पले गराएको क्षतिपछि अघि बढ्न एकजुट हुनुपर्ने पनि बताए। 
​ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell