PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फेसबुक हेडक्वार्टरमा मोदीले लिए त नेपालको नाम?



फेसबुक हेडक्वार्टरमा मोदीले लिए त नेपालको नाम?

काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार फेसबुकको हेडक्वार्टरमा गएर संस्थापाक मार्क जुकरबर्गसित लाइभ प्रश्नोत्तरमा सहभागी भए। एक साताअघि नै जुकरबर्गले यसका लागि प्रश्न सोध्न आफ्नो फेसबुक पेजमा आह्वान गरेका थिए जसअनुसार ४४ हजारभन्दा बढी प्रश्न सोधिएका थिए। 

नेपालमा गरिएको नाकाबन्दीपछि यसबारे प्रश्न सोध्ने नेपालीहरु पनि निकै थिए। सर्वसाधारणदेखि सेलिब्रिटी सिपोरा गुरुङसम्मले प्रश्न सोधेकी थिइन्। अनलाइनबाट सोधिएका प्रश्न इन्टर्‍याक्सन बढी देखाउन मात्रै काम लाग्यो, त्यहाँ पोस्ट गरिएका प्रश्नहरुलाई मार्कले सोध्दै सोधेनन्। नेपालको बारेमा गरिएका प्रश्नहरुको हालत पनि त्यस्तै रह्यो। 

प्रश्नोत्तरका क्रममा मोदीले एक पटक पनि नेपालको नाम भने लिएनन्। डिप्लोमेसी अर्थात् कुटनीतिसम्बन्धी सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले विभिन्न देशको नाम लिँदै चीन र इजरायलको नाम लिए तर नेपाल उच्चारण पनि गरेनन्। 

यद्यपि फेसबुक जस्ता सोसल मिडियाका कारण जनताले के सोच्छन् भन्ने कुरा थाहा पाई उनीहरुबाट दूरी नबढाउन सघाउने विचार उनले व्यक्त गरे। 'सोसल मिडिया नभएको भए पाँच वर्षपछि चुनाव हुन्थ्यो अनि मात्रै जनतासँग दूरी कति थियो भनेर थाहा पाइन्थ्यो,' उनले भने, 'सोसल मिडियामा त हरेक दिन चुनाव हुन्छ। के गल्ती गरिरहेका छौँ, तुरुन्त थाहा हुन्छ।'

मोदीकै भनाई अनुसार नेपालीहरुले #BackOffIndia ह्यासट्याग ट्रेन्डिङ बनाएपछि उनले नेपालीहरुसँग दूरी बढेको पत्तो पाइसकेका हुनुपर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell