PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीय गाडी, फिल्म र टिभी च्यानल रोक लगाउने विप्लव माओवादीको घोषणा



भारतीय गाडी, फिल्म र टिभी च्यानल रोक लगाउने विप्लव माओवादीको घोषणा

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले गरेको नाकाबन्दी विरुद्ध आन्दोलनको घोषणा गरेको छ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गर िनेकपा माओवादीले भारतीय नम्बरप्लेटका गाडीलाई नेपालमा गुड्न रोक लगाउने लगायतका कार्यक्रम सार्वजनिक गरेको हो। 

त्यस्तै आन्दोलनका अन्य कार्यक्रमहरुमा भारतीय फिल्म चल्न रोक लगाउने, भारतीय टिभी च्यानल र भारतीय विज्ञापनमा रोक लगाउने कार्यक्रम छन्। यस्तै उपभोग्य सामग्रीको बैकल्पिक आयातका लागि विकल्प खोज्ने तथा भएको सामान लुकाएर कालोबजारी गर्नेलाई कारवाही गर्ने कार्यक्रम पनि घोषणा गरेका छन्। 

प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ती मार्फत सार्वजनिक गरेका ६ बुँदे कार्यक्रमको छैटौं बुँदामा नाकाबन्दी विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम छ। भारतले नेपालमा सन १९५० को असमान सन्धीमार्फत थिचोमिचो गर्दै आएको र त्यसका विरुद्ध लड्न संसद्वादी दलहरु असफल भएको भनिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell