PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एनआरएन अमेरिकामा सोमना लामाले बाजी मारे



एनआरएन अमेरिकामा सोमना लामाले बाजी मारे
फोटो : अशोक पन्थ

  • बिष्णुहरि घिमिरे -
न्यूयोर्क : रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान, अमेरिकामा बस्ने नेपालीका लागि सकारात्मक रुपमा लागू भएको छ।  व्यक्तिगत  इगोका कारण एकले अर्काको उछितो काट्ने तयारीमा रहेका दुई व्यक्ति गैरआवासीय नेपाली संघ एनआरएनको आगामी विश्व सम्मेलनमा एकले अर्कोलाई जिताउने बाचा गर्दै काठमाडौं जाने भएका छन्।

अक्टोबर १४ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएन निर्वाचनमा एकै पदमा प्रत्यासी बन्ने बताउँदै आएका कानुनविद खगेन्द्र जिसी र व्यावसायी सोमान लामाले अब भिन्दाभिन्दै पदको प्रत्यासी भन्ने र एकले अर्कोलाई जिताउन सहयोग गर्न सहमत भएका हुन्। 

उत्तर अमेरिका क्षेत्रीय उप संयोजक (डीआरसी) सोमान लामाले हिजो मात्र न्यूयोर्कमा पत्रकार सम्मेलनमा आगामी कार्यकालका लागि संयोजक (आरसी) पदका लागि उमेदवारी घोषण गरेका थिए। एनआरएन एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष खगेन्द्र जिसीले पनि आज सोही पदमा उमेदवारी घोषण गर्ने भन्दै पत्रकार सम्मेलनका लागि हिजै निम्तो दिएका थिए। तर खगेन्द्रले बोलाएको पत्रकार सम्मेलन कक्षमा सोनाम र खगेन्द्र सँगै प्रवेश गरे। 

पत्रकार सम्मेलनमा खगेन्द्रले सोनामलाई आगामी विश्व सम्मेलनमा उत्तर अमेरिकाको आरसी पदका प्रत्यासीमा  समर्थन गर्ने घोषणा गरे। यस्तै सोमानले खगेन्द्रलाई आइसीसी उपाध्यक्षको प्रत्यासी पदमा समर्थन गर्ने घोषणा गरे।

पत्रकार सम्मेलनमा पहिला सम्बोधन गरेका खगेन्द्रले मिलेर जान आफू समहत भएको बताए। “अन्तर्राष्ट्रिय क्षेत्रमा एनआरएन अमेरिका एक छ भन्ने देखाउन पर्छ भन्ने सबैको भावना हो, नेपालमा धेरै सहयोग गर्नु पर्ने छ, यस्तो स्थितिमा मिलेर जाँदा नै राम्रो सन्देश जानका लागि म आरसीमा सोनाम लामाको उमेदवारी घोषणा गर्दछु।”

खगेन्द्रले आफ्नो उमेद्‍वारी घोषणा गरे लगत्तै सोनामले आजको दिन दोहोरो खुसी भएको बताए। “दशकौं पछि नेपालमा आज गणतान्त्रिक संविधान जारी हुँदैछ। हामी अमेरिकामा रहेका नेपाली पनि अब मिलेर जानु पर्छ भन्ने बाटोमा लागेका छौं, यसले लामो समय देखि एनआरएन अमेरिकामा रहेको मनमुटाव हटाउने छ।” सोनामाले एनआरएन आइसीसीको उपाध्यक्षमा खगेन्द्र जिसीका लागि खुल्ला रुपमा नै सहयोग गर्ने प्रतिवद्धत्ता जनाए।

“अहिलेसम्म आइसीसीमा हामी दुई तीन समुह भएर जाँदा हारेर आएका थियौं, तर अब आइसीसीमा अमेरिकाको पनि प्रतिनिधित्व हुने छ। त्यसका लागि म मेरो तर्फबाट सबै सहयोग गर्छु, हामी जितेर आउँछौं।”

पत्रकार सम्मेलनमा अमेरिकमा रहेका नेपालीहरुका मुख्य मुख्य संघ सस्थाका पदाधिकारीहरुको उपस्थिति थियो। एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेल, महासचिव तिलक श्रेष्ठ, नेपाल जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्ट, प्रवासी मञ्च नेपालका अध्यक्ष सञ्जय थापा लगायतले सहमतिको स्वागत गरेका थिए।

अधिल्लो दिनसम्म एक अर्काको आलोचनामा उत्रिएका खगेन्द्र र सोनामलाई सहमतिमा ल्याउने काम एनआरएन अमेरिकाको संस्थागत र कतिपय अगुवाको ब्यक्तिगत पहलमा भएको थियो। एनआरएन एनसीसी अमेरिकाका महासचिव तिलक श्रेष्ठका अनुसार रातभरिको रस्साकस्सी छलफल पछि सोनाम र खगेन्द्र दुई भिन्नाभिन्नै पदमा जान सहमत भएका हुन्। “उहाँहरु दुई जना एकै पदमा निर्वाचनमा होमिँदा त्यसको प्रत्यक्ष असर हामीलाई नै हुने हो, त्यही भएर अध्यक्ष केशव पौडल सहितको हाम्रो टिम ब्यक्तिगत र संस्थागत रुपमा लागेर दुवै पक्षलाई समझदारीमा ल्याउन सफल भयौं।”

आज भएको  सहमतिले सबैभन्दा धेरै फाइदा सोनाम लामालाई भएको छ। क्षेत्रीय संयोजकमा रामचन्द्र खरेलले पनि उमेदवारी घोषणा गरेका छन्। तर खरेलको तुलनामा सोनाम बलियो मानिन्छन्। अमेरिका र क्यानडाका गरी एक सय बीस प्रतिनिधिले सोनाम र रामचन्द्र मध्येमा एक छान्ने छन्। तर खगेन्द्र जिसीले विश्वभरिका प्रतिनिधिको मत जित्नुपर्ने हुन्छ। एनआरएन आइसीसीका लागि परिचित र अध्यक्ष शेष घलले निकट भएर पनि सोनामले “अनिक्षा” देखाएको उपाध्यक्ष पदमा एनआरएन आइसीसीका लागि नयाँ अनुहार खगेन्द्रले “आँट” गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell